• ४ साउन २०८३, सोमबार
  • २:०७ बिहान

आयल निगमलाई निजीकरण गरिँदैन : मन्त्री बडू

प्रकाशित मिति

२०७९ श्रावण १५ गते, आईतवार ०७:३५

१५ साउन २०७९, काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले पेट्रोलिमय पदार्थ आयातको एकाधिकार पाएको नेपाल आयल निगमलाई निजीकरण नगरिने बताएका छन्। ‘निगमले निजी क्षेत्रको सहयोगमा नै नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति गरिरहको छ, निगमलाई निजीकरण गरिँदैन,’ शनिबार काठमाडौंमा आयोजित नेपाल एलपी ग्यास उद्योग सङ्घको २७ औँ वार्षिक साधारणसभामा मन्त्री बडूले भने।


सरकारले जनताप्रतिको दायित्व र जिम्मेवारीवोध गरेर पेट्रोलियम पदार्थमा लगाइँदै आइएको कर घटाइएको जनाउँदै उनले निगमको सञ्चित नोक्सानी कम गर्न अनावश्यक खर्च कटौतीका साथै निगममा सुधारको खाँचो औँल्याए। निजी क्षेत्रले भोग्दै आएको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री बडूले आफू समस्याको नीतिगत, पद्धतिगत र दीर्घकालीन समाधान खोज्न लागिपरेको बताए।

Kamana Sewa

‘निजी क्षेत्रले व्यहोर्नुपरेको समस्या स्थायीरूपमा समाधान हुन्छन्, सरकारले त्यसतर्फ पहल गरिरहेको छ,’ उनले भने।

Classic Tech Desktop

प्रतिकृया