एसपीपीमा सहभागी नहुने पत्रचार उपयुक्त समयमा: परराष्ट्र प्रवक्ता
प्रकाशित मिति
२०७९ असार १९ गते, आईतवार ०२:२९

१९ असार २०७९,काठमाडौंः परराष्ट्र मन्त्रालयले अमेरिकी स्टेट पाटनर्सिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने विषयमा अमेरिकासँग पत्रचार भइनसकेको जनाएको छ । परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले यस विषयमा अध्ययन भैरहेको बताइन् ।
‘पहिले हामीबाट पत्राचार भएको होइन । यस बारेमा अध्ययन भैरहेको छ। उपयुक्त समयमा नेपाल सरकारको निर्णयलाई डिप्लोम्याटिक च्यानलबाट पत्राचार गर्छौं, ढुक्क हुनुहोस्,’ लम्सालले भनिन्, ‘एसपीपीको विषयमा सरकारले गरेको निर्णय प्राप्त भएको छ ।’
अमेरिकाको युटा राज्यस्थित नेसनल गार्ड र नेपाली सेनाबीच साझेदारीको विषय बाहिरिएपछि त्यसले ठूलो राजनीतिक विवाद सिर्जना गरेको थियो । सरकारले असार ६ गते एसपीपी कार्यक्रममा संलग्न नहुने निर्णय गरेको थियो । त्यसैअनुसारको जानकारी परराष्ट्र मन्त्रालयमार्फत अमेरिकालाई जनाउने निर्णय गरेको थियो ।
Related
Recent News
- कर नतिर्ने १२२ करदाताविरुद्ध कारबाही सुरु
- ध्ययन बिदा सकिएर पनि नफर्किएका ६ वरिष्ठ इन्जिनियरलाई नेपाल टेलिकमको ३० दिनको अल्टिमेटम
- ज्योति विकास बैंक बन्यो ‘ISO 27001:2022’ प्रमाणपत्र प्राप्त गर्ने पहिलो विकास बैंक
- श्रमिकको न्यूनतम तलब १९ हजार ५५० पुग्यो, हिजोदेखि लागू
- आज बढ्यो सुनको मूल्य
- सेवा विकास बैंकको शेयर बिक्रीमा, सबैले किन्न पाउने
- भ्रष्टाचार छानबिनको लागि राप्रपा अख्तियार जाँदै
- सत्तारुढ एमालेको पोलिटब्युरो बैठक आज बस्दै, यी विषयमा छलफल हुने
- स्वास्थ्यको क्षेत्रमा एक वर्ष : नीतिगत सुधारदेखि उत्कृष्ट काम भएका छन् स्वास्थ्य मन्त्री किरण थापा
- पर्यटनमन्त्रीको एक वर्ष : नीतिगत सुधारदेखि उत्कृष्ट पर्यटनमन्त्रीको अवार्डसम्म, के-के भए उपलब्धि
Crime
- मेयर रामपुकार साह एक लाख घुससहित रंगेहात पक्राउ
- कास्की यातायात कार्यालयका कर्मचारी घुससहित रंगेहात पक्राउ
- कोहलपुरमा नक्कली नोट र लागूऔषधसहित पत्रकार पक्राउ
- सबैला नगरपालिकामा १५ लाखभन्दा बढी भ्रष्टाचार, ७ जनाविरुद्ध मुद्दा
- उच्च प्रविधि उपकरण खरिद प्रकरणमा १६ करोड भ्रष्टाचार, पूर्वकार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा दायर
प्रतिकृया