• 3:47 pm

च्यासलमा एमाले सचिवालय बैठक जारी

प्रकाशित मिति

२०७९ असार १९ गते, आईतवार ०२:४३

१९ असार २०७९,काठमाडौंः नेकपा एमालेको सचिवालय जारी छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसिरहेको हो। बैठकमा आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल जारी रहेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए।


हिजो बसेको केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठकका एजेण्डा तय गरिसकेको छ। बैठकमा आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल हुने बताइएको छ।केन्द्रीय कार्यालय सञ्चालन, सचिवालय बैठकका एजेण्डा तयार गर्नेलगायत कामका लागि महासचिव शंकर पोखरेलको नेतृत्वमा तीन उपमहासचिव, सात सचिव र कार्यालय सचिव गरी १२ जनाको केन्द्रीय कार्यालय रहेको छ।

प्रतिकृया