• १६ साउन २०८३, शनिबार
  • १२:२० बेलुका

वार्षिक ७० अर्बको बिजुली निर्यात गर्ने सरकारको योजना, अहिले दैनिक १२ करोडको बिक्री

प्रकाशित मिति

२०७९ असार १३ गते, सोमबार ०४:०३

१३ असार २०७९ काठमाडौंः सरकारले भारतीय खुला बजारमा अहिले दैनिक करिव १२ करोड रूपैयाँ बराबरको विद्युत् निर्यात भइरहेको जनाएको छ । ऊर्जा जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले राष्ट्रिय सभामा जवाफ दिँदै बढी भएको बिजुली मात्र निर्यात गरेको स्पष्टिकरण दिएकी छिन् । पश्चिम नेपालमा विद्युत् आपूर्ति सुधार नगरी विदेश निर्यात गरेको आरोप संसदहरुले लगाउँदै आएका थिए ।


मन्त्री भुसालले वर्षात लागेसँगै जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बढेकाले बढी भएको बिजुली बेचिएको जानकारी दिइन् । मन्त्री भुसालका अनुसार आगामी वर्ष करिव १५ देखि २० अर्ब रुपैयाँको बिजुली निर्यात हुनेछ । नेपालले अहिले ३६४ मेगावाट विद्युत् इन्डियन इनर्जी एक्सचेञ्जमा निर्यात गरिरहेको छ । अहिले प्रतियुनिट औषत ११ रुपैयाँ ३८ पैसामा निर्यात भइरहेको छ ।

Kamana Sewa

मन्त्री भुसालका अनुसार अबको पाँच वर्षमा हरेक वर्ष करिव ७० अर्ब रुपैयाँको निर्यात हुनेछ । मन्त्री भुसालका अनुसार अबको दुई वर्षमा नेपालको बिजुलीले १२ महिनै पुग्ने अवस्था आउने छ । सुख्खा याममा पनि किन्नुपर्ने छैन ।

Classic Tech Desktop

मन्त्री भुषालले आगामी दिनमा वर्षातमा बिजुली खेर जाने तर्फ भने सरकारलाई सचेत गराएकी छन् । ‘आउँदो दुई वर्षपछिका सुख्खायाममा समेत नेपालको विद्युतले नै आन्तरिक माग धान्ने छ । तर वर्षा याममा भने उत्पादनको करिब ५० प्रतिशत विद्युत बढी हुने देखिन्छ,’ उनले भनिन्, ‘बढी विद्युत भारत तथा बङ्गला देशसम्मको विद्युत बजारमा बेच्न सकेनौं भने टेक अर पे आधारमा गरिएको विद्युत बिक्री सम्झौताबाट देशले ठूलो नोक्सानी ब्यहोर्नु पर्नेछ ।’


मन्त्री भुसालले देशभित्र अबको २ वर्षमा गुणस्तरीय विद्युत् आपूर्ति गर्ने प्रतिबद्धता जनाएकी छन् । सरकारले विद्युत खपत कार्ययोजना बनाई कार्यान्वयन गरेकै कारण यस वर्ष आन्तरिक विद्युतको खपत करिब २० प्रतिशतले बढेको जानकारी दिँदै मन्त्री भुसालले भनिन्, “हाल प्रतिव्यक्ति वार्षिक विद्युत खपत ३३० युनिट रहेकोमा आगामी वर्ष उल्लेख्य मात्रामा वृद्धि गरिने छ ।”

प्रतिकृया