• २५ भदौ २०८३, बिहीबार
  • ४ः०० बेलुका

३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक, अधिक तरलता व्यवस्थापनका लागि बोलकबोल आह्वान

प्रकाशित मिति

२०८३ श्रावण ११ गते, सोमबार १०:५५

११ साउन २०८३ काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थाबाट ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आइतबार (साउन ११ गते) १७९ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत बोलकबोल आह्वान गरेको हो। बोलकबोल प्रक्रिया दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत मात्रै सञ्चालन हुनेछ।

National Life

राष्ट्र बैंकका अनुसार निक्षेप संकलनका लागि ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण गरिनेछ। न्यूनतम १० करोड रुपैयाँका लागि बोल गर्न सकिनेछ भने त्यसपछि ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने रकमसम्म बोल पेश गर्न सकिने व्यवस्था गरिएको छ।

यस निक्षेप संकलन उपकरणमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्। राष्ट्र बैंकले पछिल्लो समय बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन तथा बजारमा रहेको अतिरिक्त रकमलाई नियन्त्रण गर्न नियमित रूपमा निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया