• ११:२३ २०८० चैत्र ६ गते
  • 11:23 am

सगरमाथा क्षेत्रको भ्रमणमा आएका दुई विदेशी नागरिक २४ दिनदेखि बेपत्ता

प्रकाशित मिति

२०७९ जेष्ठ ३१ गते, मंगलवार ११:४६

solukhumbu e1655186462497

३१ जेठ २०७९ काठमाडौंः सोलुखुम्बुको खुम्बु क्षेत्रको भ्रमणमा आएका दुई जना विदेशी नागरिक २४ दिनदेखि सम्पर्कविहीन भएका छन् । गएको जेठ ५ गते खुम्बु आएका भारतीय नागरिक ३१ वर्षीय सिरनाथ चन्द्र मोहन र कोरियन नागरिक ५० वर्षीया योहन सम्पर्कविहीन भएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।


प्रहरी निरीक्षक उमाशङ्कर प्रसाद साहका अनुसार जेठ ५ गते मन्जो चेकपोष्टमा इन्ट्रि भएर आधारशिविरतर्फ गएका उनीहरु त्यसयता सम्पर्कमा आउन सकेका छैनन् । भारतीय नागरिक सम्पर्कविहीन भएको भन्दै खोजीका लागि सहयोग गरिदिन भारतीय दूतावासबाट टेलिफोन आएको र कोरियन नागरिक परिवारको सम्पर्कमा नभएका खबर प्राप्त भएको प्रहरीले जनाएको छ । उनीहरु गाइड विना नै खुम्बु घुम्न गएका थिए । उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

प्रतिकृया