• 6:32 am

मत्स्यासन योगाबाट हुने लाभ

प्रकाशित मिति

२०७९ जेष्ठ १३ गते, शुक्रबार ०६:०९

१३ जेठ २०७९, काठमाडाैँ : शरीरलाई माछाको आकारमा ढालेर गरिने योगलाई मत्स्यासन भनिन्छ ।

विधि

– एउटा माछा जसरी पानीमा विभिन्न पोजिसनमा पौडिन्छ, त्यसरी नै आफूलाई तयार पार्नुहोस् । मानौँ, तपाईं माछाजस्तै पानीमा खेल्दै हुनुहुन्छ ।

– शरीरका शीर्षभाग, अग्रभाग, पृष्ठभाग र गोडालाई क्रमशः पालैपालो क्रियाशील बनाउनुपर्छ । हरेक स्टेप ३० देखि ४० सेकेन्डसम्म गर्ने र आराम गर्ने ।


– ढाड, कुइना, छाती, घुँडा र खुट्टाका औँलाको सहाराले पौडिबाजले झैँ विभिन्न आसनमा यो आसनलाई सम्पन्न गर्न सकिन्छ ।

– यसमा कुनै एक आसनलाई मात्र गरेर अरुलाई नगर्न पनि सकिन्छ । सके सबै आसन गर्दा धेरै फाइदा मिल्छ ।
लाभ

– सबै प्रकारका तनावबाट मुक्ति दिलाउँछ । सोच्ने शक्ति बढाउँछ ।

– शरीरका सबै अङ्ग लचकदार बनाउँछ । मूलतः नशा र हड्डीलाई ठीक ठाउँमा राख्छ ।
तर


– छाती, गलामा कुनै समस्या भएमा यो आसन नगर्नु होला ।

– यो आसन बढी सावधानीका साथ एक मिनेटदेखि पाँच मिनेटसम्म गर्न सकिन्छ ।

साभार : ‘योगतन्त्र’ पुस्तकबाट

प्रतिकृया