छोटो समयमै शरीरको तौल बढाउनका लागि यस्तो बनाउनुस् दैनिक खाना तालिका
प्रकाशित मिति
२०७९ बैशाख २६ गते, सोमबार ०७:४१
२६ बैशाख २०७९, काठमाडौँ : एक वयस्क मानिसलाई दिनमा १५ सय क्यालोरी शक्ति चाहिन्छ । यदि १३ सय क्यालोरी भन्दा कम भएमा शरीरको ऊर्जा पनि कम हुँदै जान्छ । जसकारण मानिस दुब्लाउँदै जान्छ । उमेर अनुसारको तौल नभएमा त्यस्तो व्यक्तिलाई दुब्लो भनिन्छ ।
दुब्लोपन भएमा निम्न कुरा सेवन गरे छोटो समयमै तौल बढाउन सकिने ।

तौल बढाउनका लागि दैनिक खाना तालिका

– बिहान ७ देखि साढे ७ बजेसम्ममा दुईवटा पाउरोटी, दूध, अण्डा, दुईवटा जति ओखर, काजु, बदाम खाने ।
(१० देखि साढे १० बजेभित्रमा दही वा दूधसँग केरा खाने ।
– दिउँसो १ देखि २ बजेको अवधिमा एकदेखि दुई कप भात, एक कप दाल र एक कप तरकारी खाने, तरकारीमा आलुलाई बढी जोड दिने ।
– अपरान्ह ४ देखि ५ बजेको अवधिमा एक कप भिजाएर टुसा उमारिएको चना र चिउरामा तेल र अमिलो हालेर चटपटेजस्तो बनाएर नास्ता खान सकिने, यसमा गुलिया फलफूल मेवा, आँप, खर्बुजा मिलाएर खाने ।
बेलुकाको खाना ८ बजेसम्म खाइसक्नुपर्ने र खानामा दाल, भात र तरकारीका साथै माछामासु पनि समावेश गर्नुपर्छ । यदि बिहानको खानामा मासु खाएको हो भने बेलुका हरियो सागसब्जी बनाएर खाँदा राम्रो हुन्छ । सधैं एउटै खाना खानुभन्दा फरक-फरक प्रकारका खानेकुरामा जोड दिनुपर्छ ।
यस्तै खाना खाने समयभन्दा आधा घण्टा अगाडि र खाना खाएको आधा घण्टासम्म पानी पिउनु हुँदैन । दालका प्रकारमा गेडागुडी भिजाएर टुसा उमारेर मज्जाले झोल पिउनुपर्छ ।




प्रतिकृया