• २१ भदौ २०८३, आइतबार
  • ५ः४६ बिहान

नवाज पढिरहेकाहरुमाथि अज्ञात समूहको आक्रमण, ८ जना घाइते

प्रकाशित मिति

२०७९ बैशाख ९ गते, शुक्रबार ०४:४२

९ बैशाख २०७९, काठमाडौं : दाङको एक मस्जिदमा अज्ञात समूहले आक्रमण गरेका छन् । आक्रमण हुँदा नवाज पढिरहेका ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइते मध्ये एकजना गम्भीर छन् भने अन्य सात जनाको अवस्था सामान्य रहेको छ ।

National Life

लमहीका स्थानीय मुस्लिम समुदायले सुनन्त फैजाने रजा मस्जिदमा नवाज पढिरहेको बेला बाहिरबाट आएका केही अपरिचित व्यक्तिको समूहले धारिलो हतियार र ईंटा प्रहार गरेका थिए ।


उक्त घटनामा ८ जना घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख पुष्पराज थापाले बताए । प्रहरीका अनुसार लमही नगरपालिका–५ का ६४ वर्षीय गुठे कुरेसी गम्भीर घाइते भएका छन् । उनको टाउकोमा गहिरोचोट लागेको छ ।

Classic Tech Desktop

त्यस्तै सोही ठाउँको ३३ वर्षीय अरसद अली, सवविर अली, ५२ वर्षीय मोहम्मद कासिम, २९ वर्षीय सकिल अली, ६५ वर्षीय दिल मोहम्मद मियाँ, २५ वर्षीय कमाल अली, ४२ वर्षीय मोहम्मद याकदिन अली घाइते भएको थापाले जानकारी दिएका छन् ।


घाइतेहरूमध्ये ४ जनाको लमही अस्पतालमा उपचार भइरहेको छ भने अन्य ४ जनाको जानकी मेडिकलमा उपचार भइरहेको उनले छ।

प्रतिकृया