मध्यपुरथिमी–३ को माओवादीबाट युवा नेता नरेश रञ्जीत वडा अध्यक्षमा सिफारिस
प्रकाशित मिति
२०७९ बैशाख ९ गते, शुक्रबार ०४:१७
९ बैशाख २०७९, काठमाडौं : भक्तपुरको मध्यपुरथिमीको नेकपा माओवादी केन्द्र पार्टीबाट वडा अध्यक्षमा युवा नेता नरेश रञ्जीत सिफारिस भएका छन् । उनी मध्यपुरथिमी–३ को माओवादीबाट नरेश रञ्जीत सिफारिस भएका हुन्।

नेकपा माओवादी केन्द्रको भातृ संगठन वाईसिएल नेपाल भक्तपुरका जिल्ला संयोजक समेत रहेका युवा एवं प्रखरवक्ता नेता रञ्जीतलाई पार्टीका तर्फबाट आगामी स्थानीय तह निर्वाचनका लागि वडाध्यक्षका रुपमा प्रस्तुत गरिएको हो ।
विगतमा लामोसमयदेखि सामाजिक क्षेत्रमा सक्रिय रञ्जीतको सिफारिसले मध्यपुर थिमी–३ का मतदातामा खुशीयाली छाएको छ । सामाजिक कार्यमा दत्तचित्त भएर लाग्ने, हनुमन्ते सरसफाई अभियानका अगुवा हनुमन्ते अभियन्ता एवं युवा शक्ति परिचालनमा अब्बल रञ्जीतलाई आफ्नो वडाबाट जनप्रतिनिधिको रुपमा उम्मेदवार बनाएकोमा मतदाताहरुले पार्टीप्रति आभारसमेत व्यक्त गरेका छन् ।

उम्मेदवारका लागि सिफारिस भएलगत्तै रञ्जीतले आफूले वडामा स्वास्थ्य, शिक्षा, कृषि, सरसफाई रोजगारी र सिपमुलक आत्मानिभर बनाउने पहिलो प्राथमिकता राखी वडाको हरेक समस्यालाई आत्मासाथ लिने प्रतिबद्धता जनाएका छन् ।
विगतमा हनुमन्ते सफाई अभियान जस्तो राष्ट्रिय महत्वको सफाई अभियानमा सक्रिय सहभागिता जनाई हनुमन्ते वरपरका बासिन्दाका साथै सम्पूर्ण भक्तपुरबासीका लागि उदाहरणीय कार्य गर्दै आएका रञ्जीतले विभिन्न सामाजिक संस्थासँग समन्वय गरी जिल्लामा विभिन्न सामाजिक काम गर्दै आएका छन् ।
वाईसिएल नेपाल भक्तपुरको इन्चार्ज जस्तो नेतृत्वदायी भूमिकामा काम गरेका रञ्जीतको नेतृत्वबाट वडाले मुहार फेर्नेमा मध्यपुर थिमी–३ बासी विश्वस्त छन् । स्पष्टवक्ता एवं प्रखर युवाका रुपमा परिचित रञ्जीतको उम्मेदवारीसँगै विपक्षी दलहरु हच्किएका छन् ।
सामाजिक अभियन्ताका साथै सफल भक्तपुरका सफल युवा व्यवसायीको समेत परिचय बनाइसकेका रञ्जीत पछिल्लो समय आफूलाई हस्पिटालिटी क्षेत्रका सफल उद्यमी समेत बनाइसकेका छन् ।
यसका साथै भक्तपुरका चारवटै नगरमा माओवादी केन्द्रका तर्फबाट उम्मेदवारको टुंगो लगाइसकेको पनि जनाइएको छ ।



प्रतिकृया