‘इन्डियामा पढेको सर्टिफिकेटले काम नदिएपछि साहारा राइड सेयरिङलाई साहारा’
प्रकाशित मिति
२०७९ बैशाख ३ गते, शनिबार ०५:००

सुजिता सापकोटा, २ बैशाख २०७९, काठमाडौं : ” बाइस् – तेइस् लाख खर्च गरेर इन्डियामा आइटि पढेँ तर आफ्नै देशमा त्यस पढाईकाे सर्टिफिकेटले मान्यता पाएन, यसैकाे फ्रस्टेसनकाे उपज हाे साहारा राइड सेयिरङ कम्पनी”, इन्डियामा पढेको सर्टिफिकेटले स्वदेशमा काम नदिएपछि साहाराकाे साहारा बन्ने संकल्प राखेकाे सुनाउँछन् कम्पनीका सिइयो विशाल जिसी । इन्डियाको एक युनिभर्सिटीबाट आइटि पढेर स्नातकसम्मको सर्टिफिकेट लिएर नेपाल आएका जिसीले आफ्नो सर्टिफिकेट नेपालमा भ्यालिड नहुने थाहा पाएपछि यस कम्पनी खोल्ने बिचार बनाएका थिए ।
भारतको रेभा (REVA) युनिभर्सिटीबाट आइटि (इन्फमेसन टेकनोलोजि) मा स्नातक गरेका उनको सिसिएनए र सिसिएनपि (CCNA- Cisco Certified Network Associate र CCNP- Cisco Certified Network Professional) सर्टिफिकेट नेपालमा भ्यालिड नमानिने भन्दै कम्पनीहरुबाट पटक-पटक रिजेक्सन पाएका थिए । गुगलमा काम गर्ने सपना बनाएका जिसीले गुगलका लागि अप्लाई पनि नगरेका होइनन् । तर उनी सफल हुन सकेनन् । त्यसै समयमा भुकम्प पनि गयो र जागिरका लागि क्लासिक टेकमा अप्लाई पनि गरे तर उनको सर्टिफिकेट काम नलाग्ने भन्दै उनी रिजेक्ट भए । यहि रिजेक्सनले उनलाई साहाराको साहारा बन्न प्रेरित गर्यो ।
दाङको घोराईमा जन्मिएका जिसी बिगतका सघर्ष सम्झिँदै भन्छन्, “इन्डियामा भ्यालुएबल मानिने सर्टिफिकेट नेपालमा काम लाग्दैन भनेर मलाई आइटी कम्पनीहरुबाट रिजेक्सन मिल्यो, पढाईका लागि २२-२३ लाख खर्च भइसकेकाे थियाे र यसैको फ्रस्टेसनस्वरुप आफ्नो नलेजलाई सदुपयोग गरेर एउटा कम्पनी खोल्ने बिचार गरेँ ।”
आर्थिक संकटका बाबजुत पनि जिसीले कम्पनी खाेल्ने दृढ संकल्प राखेका थिए । मसँग त्याे समयमा डेढ लाख मात्र रकम बाँकी थियो, त्यसपछि मैले करिब ४५ वटा कम्पनीमा इन्टरभ्यु दिएँ”, उनले भने, “कम्पनीहरुमा कसरी काम हुन्छ भन्ने जान्नकै लागि मैले इन्टरभ्यु दिएको थिएँ र त्यसबाट आइडिया लिएँ पनि । इन्टरभ्यु दिने क्रममा धेरै युवा बेरोजगार रहेछन् भन्ने पनि थाहा पाएँ, साहारा खोलेर बेरोजगार युवाहरुको पनि साहारा बन्न यसले झनै उर्जा थप्यो ।”
भारतकाे CCNA र CCNP सर्टिफिकेट नेपालमा भ्यालिड नहुने कारण देखाउँदै कम्पनीहरुबाट रिजेक्ट भएका जिसीले अन्तत: सन् २०२० को पहिलो महिनामा बेरोजगार युवाहरुलाई साहारा दिन साहारा राइड सेयरिङ कम्पनी शुरु गरेरै छाडे। पढाईमा सानैदेखि मिहेनति रहेका उनी आफूले टुटलभन्दा अघि नै राइड सेयरिङको कन्सेप्ट ल्याएको दाबी गर्छन् । हाल २६ वर्ष पुगेका जिसीले आफू १९ वर्ष हुँदा नै अर्थात ७ वर्ष अघि नै नेपालमा पनि राइड सेयरिङ कम्पनीको कन्सेप्ट बनाएको बताउँछन् ।
अमेरिकाको ड्यापर युनिभर्सिटीबाट फन्डनमेन्टल अफ एन्टरप्रेनरसिप वल्र्डबाट ४५ जना मात्र चुनिन्छन्, जहाँ जिसी १० नंवरमा परेका थिए ।
याे पनि हेर्नुहाेस् भिडियो सहित –
प्रतिकृया