‘सहारा’ अन्य राइड सेयरिङभन्दा सस्तो र सुरक्षित छ : सिइयो जिसी (भिडियो सहित)
प्रकाशित मिति
२०७८ चैत्र १८ गते, शुक्रबार ०५:०१
‘विदेशी भन्दा नेपाली कम्पनीलाई नै सपोर्ट गरौँ ‘
१८ चैत २०७८, काठमाडौं : नेपालमा सहारा अन्य राइड सेयरिङ भन्दा सस्तो र सुरक्षित रहेको कम्पनीका सिइयो विशाल जिसीले दाबी गरेका छन् । मातृभूमीसँग कुरा गर्दै जिसीले नेपालमा धेरै राइड सेयरिङ कम्पनीहरु संचालनमा रहेपनि सहारा आर्थिक रुपले सुलभ र सवैभन्दा सुरक्षित रहेको बताएका हुन् ।

सहाराले जेरो कमिसनमा राइडरलाई राइड सेयर गर्न दिएको बताउँदै जिसीले भने, “वलर्डवाइड हेर्दा राइड सेयरिङ कम्पनीले २५% कमिसन लिइरहेका हुन्छन् तर हामीले जेरो प्रतिशत कमिसनमा काम गरिरहेका छौँ ।” उनले सहाराबाट राइड गर्दा राइडरले कम्पनीलाई कमिसन दिन नपर्ने भएकै कारण सो रकम कस्टमर्सलाई डिस्काउन्ट (छुट) दिने गरेको र अन्य राइड सेयरिङ भन्दा सस्तो हुन गएको समेत प्रश्ट पारे । युज भएको टेक्नोलोजिमा राखिएको म्याप इन्जिनले सर्टेस्ट पाथ (छोटो बाटो) देखाउने भएकोले पनि सहारा सस्तो हुन गएको बताउँदै उनले थपे , हामी गुगल म्याप चलाउँदैनौँ हाम्रो आफ्नै ‘ठेगाना’ भन्ने म्याप छ, यसले सर्टेस्ट पाथ देखाउँछ।”

त्यस्तै, सहाराले यात्रुहरुको बिमा गरिसकेको र सवै राइडर्सको पनि बिमा गर्ने योजनामा भएकाले यो कम्पनी सुरक्षाको दृष्टिकोणले अगाडी रहेको जिसीको भनाई छ । “सहारा नेपालमा नै दर्ता भएकाले , राइडर्स र कस्टमर्सको बिमा हुन्छ, याक्सिडेन्ट भइहाल्यो भने पनि बिमाले आर्थिक रुपमा सहयोग गर्छ , उनले भने, “राइडस् ट्रयाक हुन्छ, सपोर्टिङमा १५ जना खटाएका छौँ -कतै दुर्घटना भइहाल्यो भने पनि हाम्रो टिम नै गएर रेस्क्यु गर्छौँ । ” उनले साहाराको डाटा सेफ रहेको पनि जनाएका छन् ।
‘सहाराबाट १५ हजार राइडर्सले रोजगार पाएका छन्‘
सहाराबाट १५ हजार युवाले रोजगार पाएका जिसीले दाबी गरेका छन् । सहाराको स्थापना भएको २ वर्षमा नै १५ हजार ब्यक्तिहरुले रोजगार पाएका दाबी जिसीले गरेका हुन् । बेरोजगार रहेका युवाहरुलाई रोजगार दिनु नै मुख्य उद्धेश्य रहेको खुलाउँदै उनले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा १५ हजार ब्यक्तिले सहाराबाट काम पाएको बताएका हुन् ।
यस्तै, उनका अनुसार सहाराको १ लाख भन्दा बढि कस्टमर्स छन् । कस्टमर्स धेरै तर राइडर्स तुलनात्मक रुपमा कम अर्थात् हाइ डिमाण्ड, लो सप्लाई भएकोले पनि कहिलेकाहिँ यात्रुहरुले राइडरलाई केहीबेर कुर्नुपर्ने भएको हुनसक्ने उनले बताए । त्यस्तै, पूराना कस्टमर्सले सहारा प्ल्याटफर्म नछाडेको पनि उनको दाबी रहेको छ ।
आइटि फिल्डबाट संघर्ष गर्दै आएका जिसीले नेपाली राइड सेयरिङ सहारा नै प्रयोग गर्न सवैलाई आग्रह समेत गरेका छन् । विदेशी कम्पनीलाई भन्दा नेपालकै कम्पनीलाई प्राथामिक्तामा राख्नुपर्ने कुरालाई जोड दिँदै उनले भने ,”नेपालको इकोनोमी डाउन भएकाले विदेशी भन्दा नेपाली कम्पनीलाई नै सपोर्ट गरौँ , नेपालबाट पैसा विदेश पठाउन जोड नदिऔँ।”




प्रतिकृया