• 2:59 am

क्यालिफोर्नियामा एक महिलालाई धक्काको बदलामा १ अर्ब २० करोड रुपैयाँ

प्रकाशित मिति

२०७८ चैत्र २९ गते, मंगलवार १२:०७

२९ चैत्र २०७८, काठमाडौँ : जब आपसमा कोही ठोक्किए वा धक्का लागेमा माफ माग्नुको अलावा अरु के हुन सक्ला र १ तर क्यालिफोर्नियामा एक महिलालाई धक्काको बदलामा १ अर्ब २० करोड रुपैयाँ मिलेको छ । क्यालिफोर्नियाको लस एन्जलस काउन्टीमा लाक्वेड्रा एडवर्डस नामक महिला सुपर मार्केटमा लटरीको टिकट किन्न गएकी थिइन् ।


यो अवधिमा एक मानिसले उनलाई धक्का दिए, जसका कारण आफ्नो मनपर्ने नम्बर रोज्न पाइनन् र लटरी स्क्र्याच मेसिनमा उनको हात ४० डलरको टिकटमा थिचिन पुग्यो ।


धक्काका कारण उनलाई गलत नम्बरमा दाउ लाग्यो । लाक्वेड्राले केही दिनपछि कारमा राखिएको आफ्नो लटरी स्क्र्याच गरेपछि थाहा पाइन् जहाँ १ करोड डलर अर्थात १ अर्ब २० करोड रुपैयाँ जितेकी थिइन् । इनाम जितेपछि लाक्वेड्राले भनिन्,‘एक धक्काले मेरो भाग्य फेरियो । अब म उक्त अपरिचित व्यक्तिलाई धन्यवाद दिन चाहन्छु ।

प्रतिकृया