• ८ साउन २०८३, शुक्रबार
  • ६:११ बिहान

जाजरकोटमा टाइफाइडविरुद्धको खोप दुई चरणमा लगाइने

प्रकाशित मिति

२०७८ चैत्र २६ गते, शनिबार १०:२९

२६ चैत्र २०७८, काठमाडौँ : जाजरकोटमा टाइफाइडविरुद्धको खोप दुई चरणमा लगाइने भएको छ । पहिलो चरणमा आज शनिबारदेखि ४ वैशाखसम्म भेरी, नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा सञ्चालन हुने भएको छ।


दोस्रो चरणमा आइतबारबाट ९ वैशाखसम्म नलगाड नगरपालिका, शिवालय, जुनीचाँदे र कुशे गाउँपालिका खोप अभियान चल्नेछ ।

Kamana Sewa

सरकारले १५ महिनादेखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई यो खोप अभियानमा समेट्ने लक्ष्य लिएको छ । जाजरकोटका सात पालिकाका उक्त उमेर समुहका ७६ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी भएको कार्यालय प्रमुख कँडेलले जानकारी दिए ।

Classic Tech Desktop

प्रतिकृया