• २१ जेठ २०८३, बिहीबार
  • १०:१० बिहान

रुस र युक्रेनबीच शान्ति वार्ता हुँदै

प्रकाशित मिति

२०७८ चैत्र १८ गते, शुक्रबार ०६:२७

१८ चैत्र २०७८, एजेन्सी : रुस र युक्रेनबीच आज फेरि शान्ति वार्ता हुँदैछ। रुसी वार्ताकार डेविड अराखामियाले आजदेखि अनलाइन माध्यमबाट वार्ता हुन लागेको बताएका हुन्।


युक्रेनले राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच सिधा वार्ताको प्रस्ताव गरिएको भए पनि रुसले अस्वीकार गरेको अराखामियालाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ। आजदेखि रुसी ग्यास किन्ने मुलुकले रुबलमा भुक्तानी नगरे ग्यास नपाउने भएका छन्।

Kamana Sewa

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हिजो रुसी ग्यास किन्ने मुलुकले रुबलमा भुक्तानी नगरे ग्यास नपाउने निर्णयमा हस्ताक्षर गरेसँगै आजैदेखि कार्यान्वयनमा आएको हो। योसँगै युरोपमा ऊर्जा संकटको जोखिम बढेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। युरोपमा प्रयोग हुने एक तिहाइभन्दा बढी ग्यास रुसले आपूर्ति गर्छ।

Classic Tech Desktop

युक्रेन आक्रमणलाई लिएर पश्चिमा मुलुकहरुले आर्थिक नाकाबन्दी गरेपछि रुसले शत्रुतापूर्ण सम्बन्ध भएका मुलुकले ग्यासको भुक्तानी रुबलमा गर्नुपर्ने माग राखेको हो। यसअघि युरोपले युरो र डलरमा रुसी ग्यास खरिद गर्दै आएको थियो। एक महिना लामो समयदेखि जारी रुस युक्रेन युद्धका कारण विश्व समुदाय नै प्रभावित हुन थालेको छ। रुसको पहिल्लो निर्णयले यूरोपमा ऊर्जाको अभाव हुने देखिएको छ।

प्रतिकृया