• 5:11 pm

चीनमा दुर्घटनाग्रस्त विमानका ४० हजार टुक्रा फेला

प्रकाशित मिति

२०७८ चैत्र १७ गते, बिहीबार ०६:०८

१७ चैत्र २०७८, काठमाडौँ : दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा दुर्घटनाग्रस्त चाइना इस्टर्न एयरलाइन्सको विमानका ४० हजारभन्दा बढी टुक्रा फेला परेका छन् । पत्रकार सम्मेलनका क्रममा चीनको नागरिक उड्यन प्रशासनको उड्यन सुरक्षा कार्यालयका प्रमुख झु ताओलले यस्तो जानाकारी दिएका हुन् ।


भग्नावशेषका अधिकांश टुक्राहरू थप परीक्षणका लागि राखिएको उनको भनाइ छ । विमानका भग्नावशेष एक करोड वर्गमिटर क्षेत्रसम्म खोजिएको जनाइएको छ । खोज तथा उद्धार कार्यमा २१६ दमकल र १६ वटा ड्रोनलगायतका उपकरण प्रयोग गरिएको उनले बताए ।


दक्षिणी चीनको युनान प्रान्तको राजधानी कुन्मिङबाट ग्वाङडोङ प्रान्तको ग्वाङ्झाउका लागि उडेको बोइङ ७३७ विमान गुआङ्सीको टेङसिआन काउन्टीको पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा विमानमा सवार सबै १२३ जनाको मृत्यु भएको थियो ।

प्रतिकृया