• ४ साउन २०८३, सोमबार
  • २:१२ बिहान

युक्रेनमा रुसी सेनाले बलात्कार र यौन दुर्व्यवहार गरेको आरोप

प्रकाशित मिति

२०७८ चैत्र १५ गते, मंगलवार ०८:३४

१५ चैत्र २०७८, एजेन्सी : युरोप काउन्सिलको संसदीय सभामा युक्रेनको प्रतिनिधिमण्डलकी प्रमुख मारिया मेजेन्तसेवाले रुसी सेनाले महिलामाथि बलात्कार र यौन दुर्व्यवहार गरेको दाबी गरेकी छिन् । ​स्काइ न्यूजसँगको एक अन्तर्वातामा उनले भनिन्, ‘त्यहाँ एउटा मुद्दा छ, जुन हालै धेरै चर्चा गरिएको थियो किनभने यो अभियोजनकर्ताको कार्यालयमा रेकर्ड गरिएको र अगाडि बढिरहेको छ ।


हामी विवरणहरूमा जाँदै छैनौँ । तर, यो एकदम डरलाग्दो दृश्य हो । राजधानी किभनजिकै एउटा सहरमा एक नागरिकलाई उसको घरमा गोली हानेर मारिएको थियो ।’ उनले अगाडि भनिन्, ‘मलाई यो भन्न दुःख लागिरहेको छ कि उनलाई साना बच्चाहरुकै अगाडि बलात्कार गरिएको थियो ।

Kamana Sewa

मादक पर्दाथले उत्तेजित सिपाहीले परिवारको घरमा पसेपछि श्रीमानको हत्या गरेको र आफ्नी पत्नीलाई बारम्बार बलात्कार गरेको युक्रेनका अभियोजनकर्ता जनरल इरिना भेनेदिक्टोभाले बताएका छन् । अभियोजनकर्ताले सार्वजनिक गरेको यो एउटा मुद्दाभन्दा पनि धेरै पीडितहरू छन ।

Classic Tech Desktop

प्रतिकृया