हेराल्ड कलेज काठमाडौंले शुरु गर्यो आइएमबिए
प्रकाशित मिति
२०७८ फाल्गुन २३ गते, सोमबार ०४:५२
२३ फागुन २०७८, काठमाडौं : बेलायतस्थित उल्भरह्याम्टन विश्वविद्यालयको सम्बन्धन प्राप्त हेराल्ड कलेज काठमाडौंले इन्टरनेशनल एमबिए (आइएमबिए) कोर्ष शुरु गरेको छ । सो कलेजले पहिलो ब्याचको अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको र। पहिलो ब्याचमा १ सय २६ जना विद्यार्थीले अध्ययन गर्ने कलेजले बताएको छ ।

कलेजका अनुसार दुईवर्षे यो कोर्ष पुर्ण रुपमा प्रयोगात्मक र ब्यावहारीक सिकाइमा आधारित हुन ेछ । यो कोर्ष अध्ययन गर्ने विद्यार्थीले विभिन्न प्रकारका अन्तक्र्रिया छलफल र प्रयोगात्मक अभ्याससंगै विभिन्न संघ–संस्थामा गएर कामको अनुभव साटासाट गर्न पाउने छन् ।
उल्भरह्याम्टन विश्वविद्यालयले हेराल्ड कलेज काठमाडौमा नेपालमा सो कोर्षको पढाई शुरुगर्न पाएकोमा खुसी व्यक्त गरेको छ । विश्वविद्यालयका अधिकारीले भने–‘नेपाली विद्यार्थीका लागि यो विषय नेपालमै बसेर अन्तराष्र्टि«य स्तरको अध्ययन गर्ने अवसर हो । आइएनजी ग्रुपले लामो समयदेखि बेलायतको विश्वविद्यालबाट सम्बन्धन प्राप्त विभिन्न कोर्षहरु नेपालमा प्रदान गरिरहेको छ । यस्ले बेलायत र नेपालबीचको शैक्षिक र प्राज्ञिक सम्बन्धमा थप मजबुत बनाउन सहयोग पुयाउने विश्वास गर्दछ ।

‘अभिमुखीकरण कार्यक्रममा हेराल्ड कलेज काठमाडौले प्रदान गर्ने शैक्षिक गुणस्तरीयता र व्याबसायीक विकासबारे प्रकाश पारिएको थियो । यस कार्यक्रमले प्रयोगात्मक पाठ्यक्रममा रहेर अन्तक्रिया र गतिबिधि केन्द्रीत शैक्षिक पद्धती अबलम्बन गर्न ेछ’– आइएनजि ग्रुपका प्रबन्ध निर्देशक रवि फुयाँलले भने । प्रमुख अतिथिको रुपमा बोल्दै उनले कलेजले शुरुवात गरेको यो विषय सायद नेपालमा नौलो र पुर्ण रुपमा प्रयोगात्मक रहेको बताए ।
सन् १८३५ मा बेलायतमा स्थापना भएको उल्भरह्याम्टन विश्वविद्यालयले नेपालको गुणस्तरीय शिक्षाको अपेक्षा सहित सन् २०१६ मा हेराल्ड कलेज काठमाडौलाई सम्बन्धन दिएको थियो ।
कलेजमा अभिमुखीकरण संगै आइएनजी ग्रुपका कलेज र संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइयो) भेटघाट कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा बिराटनगर इन्टरनेशनल कलेजका सिइयो डा. ऋषीकेश वाग्ले, आइएनजी स्किल एकेडेमीका सिइयो निखिल श्रेष्ठ, इन्फरमेटिक्स कलेज पोखराका सिइयो अभिनभ दाहाल, आइएनजी फुडका सिइयो सगुन शर्मा लगायतको उपस्थिती रहेको थियो ।



प्रतिकृया