• २१ भदौ २०८३, आइतबार
  • १२ः१८ दिउँसो

प्रधानमन्त्री कप टी-२० प्रतियोगिताको उपाधि एपिएफलाई

प्रकाशित मिति

२०७८ माघ ५ गते, बुधबार ०१:४५

५ माघ २०७८, काठमाडौं : नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि हात पारेको छ । बुधबार भएको फाइनलमा एपिएफले नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै उपाधि जितेको हो । तीव्र गतिका बलर किशोर महतो र अमरसिंह राउटेलाको उत्कृष्ट प्रदर्शनमा एपिएफ पुलिसविरुद्ध हाबी भएको थियो ।

National Life

एक सय ५८ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३६ रन मात्र बनाउन सक्यो । पुलिसका दीपेन्द्रसिंह ऐरीले ५४ बलमा तीन चौका र दुई छक्कासहित ६५ रनको योगदान दिएका थिए ।

प्रतिकृया