महोत्तरी कांग्रेस अधिवेशन : मतदान अधिकृत बिरामी भएपछि वडाको मतदान अन्योलमा
प्रकाशित मिति
२०७८ माघ ५ गते, बुधबार ०१:३६
५ माघ २०७८, काठमाडौं : नेपाली कांग्रेस महोत्तरीको मतदान फेरि अन्योलमा परेको छ । विवादका कारण स्थगित भएको मनरासिस्वा वडा नम्बर ८ मा पुनः विवाद सिर्जना भएको छ । सर्वसम्मतिमा आज १० बजेका लागि वडाको पाटी कार्यालयमा मतदान हुने निर्धारण भएको थियो ।

तर केहीबेर अगाडि निर्वाचन अधिकृत दुर्गा परियारले निर्वाचन गर्न नसकिने सूचना निकालेपछि अधिवेशन पुनः अन्योलमा बनेको हो। मतदानको मिति र स्थान पटक–पटक निर्धारण भएपनि उक्त वडाको अधिवेशन निर्वाचन अधिकृतकै कारण बिथोलिँदै आएको छ ।
जिल्ला प्रहरी कार्यालयको सहजीकरणमा पार्टी कार्यालयमा हुने भनिएको मतदान १० बजेलाई बोलाइए पनि मतदान अधिकृत परियारले ९ बजे सूचना टाँसेर आफू बिरामी भएको उल्लेख गरेका थिए । उनी बिरामी भए पनि जिल्ला निर्वाचन अधिकृतले अर्को मतदान अधिकृत तोकेर मतदान गराउनै पर्ने प्रावधान छ । तर जिल्ला निर्वाचन अधिकृत इन्द्र अधिकारीसमेत सम्पर्कमा छैनन् ।




प्रतिकृया