• ४ साउन २०८३, सोमबार
  • २:०८ बिहान

राहदानी विभागले रोक्यो सेवा, अब अत्यावश्यक मात्रै

प्रकाशित मिति

२०७८ माघ ४ गते, मंगलवार ०६:३२

४ माघ २०७८, काठमाडौँ : राहदानी विभागले अत्यावश्यकबाहेकका राहदानी वितरण बन्द गरेको छ। विभागका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि विभागले अत्यावश्यकबाहेकका राहदानी वितरण बन्द गरेको हो। विभागले सूचना जारी गर्दै विदेश जानुपर्ने महत्वपूर्ण कारणका आधारमा राहदानी जारी गर्ने जनाएको छ।


‘विदेशमा उपचार गर्न जाने जस्ता गम्भीर प्रकृतिका अत्यावश्यक सेवाबाहेक यस विभागबाट प्रदान गरिने राहदानी सेवासम्बन्धी सेवा अर्को सूचना जारी नभएसम्मको लागि सीमित गरिएको छ,’ विभागको सूचनामा उल्लेख छ। अत्यावश्यक वा गम्भीर कारणले विदेश जानुपर्नेहरूलाई मात्रै राहदानी दिइने विभागका प्रवक्ता शरदराज आरनले जानकारी दिए।

Kamana Sewa

उनका अनुसार विभागका १५ कर्मचारीलाई कोरोना संक्रमण भएको छ। विभागले हाललाई बुकिङ तथा टोकन वितरण पनि स्थगन गरेको र अवस्था सामान्य भएपछि सेवाहरु सुरु गरिने भएको छ।

Classic Tech Desktop

प्रतिकृया