सिटिइभिटि र युवा स्वरोजगार कोषबीच द्विपक्षीय सम्झौता (भिडियो सहित)
प्रकाशित मिति
२०७८ पुष २२ गते, बिहीबार ०६:३८
सीटीईभीटीले सीप सिकाउने, युवा स्वरोजगार कोषले ऋण दिने
२२ पुस २०७८, काठमाडौं : प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटि) र युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयबीच द्विपक्षीय समझदारी सम्पन्न भएको छ । आज बानेश्वरस्थित इन्द्रेणी स्वीटस् होटलमा कार्यक्रम सञ्चालन गरी परिषद र कोषले उक्त सम्झौता गरेको हो । उक्त सम्झौता अनुसार सीटीईभीटीले इच्छुक युवाहरुलाई रोजगार तथा स्वरोजगारका लागि सीप सिकाउने, र युवा स्वरोजगार कोषले ऋण दिने भएको छ ।
श्रम बजारको माग, स्थानीय स्तरको आवश्यकता र युवाहरूको चाहना र क्षमता अनुसारका प्राविधिक तथा व्यावसायिक शिक्षा र सीपमूलक तालिम सञ्चालन गरी दक्ष प्राविधिक जनशक्ति तयार गर्ने र यस्ता जनशक्तिहरूलाई आफ्नै साना तथा मझौला उद्योग स्थापना गर्न र सञ्चालनमा आएका उद्योगहरूको लागि आवश्यक पूँजीको व्यवस्थापन गर्न समझदारी पत्रमा हस्ताक्षर सम्पन्न गरिएको कोष र परिषदले जनाएको छ ।
सो सम्झोतापत्रमा सिटिइभिटिको तर्फबाट सदस्य सचिव श्री जीव नारायण काफ्ले र कोषका तर्फबाट कार्यकारी निर्देशक बिश्व मोहन अधिकारीले हस्ताक्षर गरेका छन् । प्राविधिक तथा व्यावसायिक शिक्षा र सीपमूलक तालिमको माध्यमबाट युवाहरूमा व्यवासायिक सीप र दक्षताका साथै उद्यमशीलताको अभिवृद्धि गरी निजी उद्यम स्थापना र स्तरोन्नतिमा सहयोग गर्ने उद्देश्यका साथ उक्त सम्झौता गरिएको हो ।
कार्यक्रम पूँजी नभएका निम्न बर्गहरुप्रति लक्षित : कोष सचिवालयका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी
युवा तथा साना ब्यवसायि स्वरोजगार कोष सचिवालयका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले उक्त कार्यक्रममा बोल्दै परिषद र कोषका समझदारीका उद्देश्यरु कार्यान्वयन भएको दिन मात्रै यस कार्यक्रमले सार्थकता पाउने र सफल हुने बताएका छन् । समझदारी कार्यान्वयनमा युवालाई उद्यम व्यवसाय सञ्चालन तथा विस्तार गर्न सहुलियतपुर्ण कर्जाको व्यवस्था गर्न कोषको भूमिका रहने अधिकारीले बताए । त्यस्तै परिषद् मार्फत प्राविधिक शिक्षा एवम् सीपमूलक तालिम लिएका युवाहरूलाई तालिमको प्रमाण पत्र र निजको व्यावसायिक योजनाको आधारमा कोषको नियमानुसार कर्जा उपलब्ध गराउने प्रतिबद्धता उनले ब्यक्त गरे । अधिकारीले यस कार्यक्रम जोस र जाँगर भएका तर धितो राख्न जग्गा तथा पूँजी नभएका निम्न बर्गहरुका लागि ल्याइएको समेत जिकीर गरे ।
करिब ५० हजार जनालाई स्किल टेस्ट गरेर प्रमाणपत्र दिइने : सिटिइभिटिको सदस्य काफ्ले
त्यस्तै, सिटिइभिटिको सदस्य काफ्लेले युवाहरुलाई १ हप्तादेखि १६ सय ९६ हप्तासम्मको तालिम र १८ महिनादेखि ३ वषैसम्मको एकेडेमिक कोर्षबाट तालिमपश्चमत उद्यमी बनाउनु नै मूल परिषदको मूख्य उद्धेश्य रहेको बताए । उनका अनुसार करिब ५० हजार जनालाई स्किल टेस्ट गरेर प्रमाणपत्र दिने स्वदेशमा नै रोजगार सिर्जना गर्न उत्प्रेरित गरिने छ । त्यस्तै विदेश जान नै चाहाने युवाहरुलाई पनि सिप सिकाएर पठाउन सके रेमिट्यान्स २ देखि ४ गुणा बढ्ने विश्वास समेत उनले ब्यक्त गरे ।
उद्यमी बन्न सहज रुपमा कर्जा पाइने : गण्डकी प्रदेश सिटिइभिटि प्रमुख प्रमोद भक्त आचार्य
यस्तै, गण्डकी प्रदेशको सिटिइभिटि प्रमुख प्रमोद भक्त आचार्यले युवाहरुलाई सिप सिकाउन र स्वरोजगार बनाउन सिटिइभिटिको एक्लो प्रयासले सम्भब नभएकाले बिभिन्न सरोकारवाला, यउद्योगी, ब्यवसायी तथा रोजगारदाता, प्रधानमन्त्री रोजगार कार्यक्रम, बित्तिय संस्था लगायत अन्य सरकारी निकायको सोत समान भूमिका रहेको टिप्पणी गरे । समान उद्धेश्य भएका परिषद र कोषबीच सफल भएको सम्झौता जस्तै भोलिका दिनमा पनि अन्य सरकोरवालाहरुसंग सम्झौता गरी कार्यान्वयन गर्न आवश्यक रहेको उनले बताए । तालिमपछि उद्यमी बन्न पूँजी आवश्यक पर्ने र बित्तिय संस्थामा ६ ७ प्रतिशत भन्दा कममा पूँर्जी नपाइने भएकाले समन्वय गरिएके र सम्झौतापत्रमा प्रत्येक ६/६ महिनामा रिभ्यु गर्ने र लागु भए नभएको समेत हेर्ने उल्लेख गरिएको जिकीर गरे । यस्तै, कोषको ७७ जिल्लामा नै इकाइ भएकले सहज रुपमा कर्जा पाउने विश्वास समेत उनले ब्यक्त गरे । (भिडियो सहित)







प्रतिकृया