• २ असोज २०८३, शुक्रबार
  • २ः०८ दिउँसो

साढे ३३ किलो सुन तस्करी प्रकरण : गोरेका भाइ २ लाख धरौटीमा छुटे

प्रकाशित मिति

२०७८ पुष २२ गते, बिहीबार ०६:३७

२२ पुस २०७८, काठमाडौँ : साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त ‘गोरे’ का भाइ रमेश उप्रेती दुई लाख रुपैयाँ धरौटीमा छुटेका छन् । जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले बिहीबार दुई लाख धरौटीमा छाड्न आदेश दिएको हो।

National Life

थुनछेक बहसपछि लम्सालको इजलासले दुई लाख धरौटीमा छाड्ने आदेश दिएको मोरङ अदालतका सूचना अधिकारी हेम बहादुर बुढाथोकीले जानकारी दिए । युएई बस्दै आएका रमेश मङ्गलबार नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । प्रहरीले बुधबार अदालतमा उपस्थित गराएको थियो ।


सुन तस्करी प्रकरणको रहस्य बाहिरिएपछि फरार भएका उनी युएईमा बस्दै आएका थिए । उताबाट सुन नेपाल पठाउने गरेको आरोप लागेका रमेश दुबईबाट एयर अरेबियाको विमानमार्फत नेपाल आएका थिए । अदालतले सुन तस्करी प्रकरणसँगै जोडिएका सनम शाक्य हत्याको मुद्दामा आठ जनालाई भने दोषी ठहर गरेको थियो । मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेती सहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई ज्यान मुद्दामा जन्मकैदको सजाय सुनाएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

भारतीय नागरिक राजन कुमारलाई तीन वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजायको फैसला भएको थियो । जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा सरकारी वकिल कार्यालय मोरङले २०७५ वैशाख १९ गते मुद्दा दायर गरेको थियो ।

प्रतिकृया