• २ असोज २०८३, शुक्रबार
  • ११ः४७ बिहान

शिक्षण संस्था गाभ्ने तयारीमा चिकित्सा शिक्षा आयोग, मापदण्ड तयार हुँदै

प्रकाशित मिति

२०७८ पुष १७ गते, शनिबार ०३:५७

७ पुस २०७८, काठमाडौं : चिकित्सा शिक्षा आयोगले शिक्षण संस्थाहरु सार्ने तथा गाभ्ने प्रक्रिया अघि बढाउन थालेको छ। आयोगले यतिबेला शिक्षण संस्था सार्ने तथा गाभ्ने प्रक्रियाको लागि मापदण्ड तयार गरिरहेको छ। राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ को (नियम ३९) बमोजिम शिक्षण संस्था गाभिन सक्ने व्यवस्थाको कार्यान्वयनका लागि मापदण्ड तयार गर्ने कार्य भइरहेको आयोगले जनाएको छ।

National Life

उक्त मापदण्ड तयार गर्न आयोगले सरोकारवाला निकायसँग राय-सुझाव माग गरेको छ। आयोगले एक सुचना जारी गर्दै सबै विश्वविद्यालय, शिक्षण संस्था र सम्बद्ध सरोकारवालाई पुष २२ गते भित्र राय सुझाव उपलब्ध गराउन अनुरोध गरेको छ।


के छ राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ को नियम ३९ मा ?

Classic Tech Mobile
Classic Tech Desktop

शिक्षण संस्था गाभिन सक्ने :

१- आयोगले स्वीकृत गरेको मापदण्ड वमोजिम कुनै विश्वविद्यालय अन्तर्गतका दुई वा सो भन्दा बढी शिक्षण संस्था गाभिन चाहेमा सम्बन्धित विश्वविद्यालयले गाभ्न सक्नेछ।


२- आयोगले स्वीकृत गरेको मापदण्ड बमोजिम फरक(फरक विश्वविद्यालय अन्तर्गतका दुई वा सो भन्दा बढी शिक्षण संस्था एक अर्कोमा गाभिन चाहेमा आयोगले स्वीकृति दिन सक्नेछ।


३- उपनियम (१) वा (२) वमोजिम कुनै शिक्षण संस्था अर्को शिक्षण संस्थामा गाभिएमा त्यसरी गार्भिएको शिक्षण सँस्था र सो अन्तर्गतका सङ्काय, शिक्षक, कर्मचारी तथा विद्यार्थी गाभ्ने शिक्षण संस्थाको हुनेछ।


४- यस नियम बमोजिम गाभिएको शिक्षण संस्थाको चल, अचल सम्पत्ति, त्र्रण तथा अन्य दायित्वको सम्बन्धमा त्यस्तो शिक्षण संस्था गाभिँदा कुनै सम्झौता भएको रहेछ भने सोही बमोजिम र सम्झौता नभएको अवस्थामा त्यस्तो गाभ्ने शिक्षण संस्थामा स्वतः हस्तान्तरण हनेछ।

प्रतिकृया