• ०९:३५ २०८१ बैशाख ७ गते
  • 9:35 am

विद्यार्थीको रोजाइमा युनिग्लोब पर्नुमा ७ कारण रहेको डा.नरबहादुर बिष्टको दाबी, यस्ता छन् कारण्हरु (भिडियोसहित)

प्रकाशित मिति

२०७८ मंसिर २१ गते, मंगलवार ०५:४१

1638870993882 scaled e1638878117866

२१ मंसिर २०७८, काठमाडौं : युनिग्लोब कलेज धेरै विद्यार्थीको रोजाइमा पर्दै आएको र यसका ७ कारण रहेको युनिग्लोब कलेजका प्रिन्सिपल डा नर बहादुर बिष्टले दाबी गरेका छन् । मंगलबार लाजिम्पाटस्थित रेडिसन होटलमा बिबिए बिबिए\बिआइको दीक्षान्तर समारोहपछि मातृभुमीसँग कुरा गर्दै उनले उक्त अभिब्यक्ति दिएका हुन् ।


भिडियो


डा. बिष्टले युनिग्लोब अन्य कलेजहरुभन्दा बिभिन्न दृष्टिकोणले एकदमै फरक र उच्च स्ट्यान्डर्ड रहेको भन्दै बिद्यार्थीहरु यस कलेजमाा बिद्यार्थीहरु आकर्षित हुनुको ७ कारण रहेको बताएका छन् । उनले शैक्षिक उत्कृष्टताका साथै अतिरिक्त सिपमूलक क्रियाकलापमा पनि यस कलेजले जोड दिने गरेको बताएका छन् । बेस्ट बिजनेस अवार्ड होल्डर भइसकेको युनिग्लोबले हरेक वर्ष इन्टर्नेस्नल कन्फरेन्स गर्ने, विद्यार्थीहरुलाई इन्टर्नेस्नल कन्फरेन्समा अन्य देशहरुमा पठाउने , विदेशी विश्व बिद्यालयका प्रोफेसरहरुलाई भिजिटिङ फ्याकल्टीका रुपमा कोर्स पढाउनकै लागि निमन्त्रणा गर्ने गरेको र यसबाट विदेशमा कसरी पढाई हुन्छ भनेर थाहा हुनेमा जोड दिएका हुन् ।


त्यस्तै, यस बाहेक फाइन्यनन्स र कम्सुनकिेसन ल्याब युनिग्लोबले विद्यार्थीको रिसर्च पेपर, अनुशासन, असाइनमेन्टमा उच्च ध्यान दिने र रियल रिर्सच पेपरलाई इन्टर्नेस्नल लेभलको जर्नलहरुमा प्रकाशन गर्ने गरेको र वर्षमा ४ थरिका १६ जर्नल प्रकाशन हुने उनले दाबी गरेका छन् ।


आज आयोजित दीक्षान्त समारोहमा बिबिए (ब्याचलर्स अफ बिजनेस एडािनिस्ट्रेसन) बाट ८० जना र बिबिए बिआइ ( ब्याचलर्स अफ बिजनेश एडमिनिस्ट्रेसन ब्याङ्किङ एण्ड इन्सुरेन्स) का ४० जना दीक्षित भएका थिए ।


प्रतिकृया