सिङिङ स्टार सिजन८ को बिजेता बने अर्जुन राई
प्रकाशित मिति
२०७८ मंसिर २१ गते, मंगलवार ०५:४२
२१ मंसिर २०७८, काठमाडौं: केन्द्रकै आयोजनामा सम्पन्न पुर्वान्चल सिङिङ स्टार सिजन -८ को बिजेता उदयपुरका अर्जुन राई भएका छन् । उनले ५० हजार नगद स्शित एक थान गिटार र एउटा गित रेकर्ड गर्ने अबसर पाएका छन। त्यस्तै, धरानकी निशा खपाङ्गी दोश्रो बन्न सफल भएकी छिन्।उनले २५ हजार नगद, ट्रफी र एक थान गिटार प्राप्त गरेकी हुन् ।
त्यस्तै मोरङ्की अनुष्का ढकाल तेस्रो बनिन। उनले १५ हजार रुपैया नगद, एक थान गिटार र ट्रफी हात पारिन।

पुर्वान्चल बागिना कला केन्द्रले पुर्वान्चल सिङिङ स्टार २०६९ र मिस स्टेट१ २०७४ सालदेखी सन्चालन गर्दै आएको छ।केन्द्रका अध्यक्ष भक्तिराज राईको अध्यक्षतामा भएको ग्रान्ड फिनाले कार्यक्रममा मुख्य प्रायोजक सुनवस्ती बिकास कम्पनी प्रा. लि. काठमाण्डौका डाईरेक्टर एबम बरिष्ठ समाजसेवी सुमित्रा बस्नेत प्रमुख अतिथी रहेकी थिइन । महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक राजेस बिद्रोही, बराह ग्रुप अफ कम्पनिका जनसम्पर्क प्रमुख सुरेन्द्र सिंह बिश्वकर्मा लगायत विशेष अतिथी रहेको कार्यक्रमको सन्चालन तिर्थ कार्की र मेरिना तुम्साले गरेकी थिए।





प्रतिकृया