• २ असोज २०८३, शुक्रबार
  • ११ः३८ बिहान

नेपालमा ओमिक्रोन संक्रमण भेटिएका दुबै जना संक्रमणमुक्त

प्रकाशित मिति

२०७८ मंसिर २१ गते, मंगलवार ०६:११

उनीहरुको सम्पर्कमा आएका ७८ जनाको रिपोर्ट पनि नेगेटिभ
२१ मंसिर २०७८, काठमाडौं : 
नेपालमा कोरोना भइरसको ओमिक्रोन भेरियन्ट भेटिएका दुई जना विदेशी नागरिक कोरोना संक्रमणमुक्त भएका छन्। मंगलबार गरिएको परीक्षणमा दुवै जनाको रिपोर्ट नेगेटिभ आएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार दुबै जना नागरिकको नमुना परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको छ। उनीहरु दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए।

National Life

मन्त्रालयले सोमबार नेपालमा रहेका २ जना विदेशी नागरिकमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको जानकारी दिएको थियो। ६६ र ७१ वर्षका दुई विदेशीमा ओमिक्रोन देखिएको थियो।


उनीहरु दुबै जना होटल क्वारेन्टिनमा छन्। उनीहरु मात्र नभई उनीहरुको सम्पर्कमा आएका ७८ जनामा पनि कोरोना नेगेटिभ रिपोर्ट आएको डा पौडेलले जानकारी दिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया