• २० असोज २०८३, मंगलबार
  • १ः०६ दिउँसो

जाडोमा ‌ओठ फुट्ने समस्या छ ? अपनाउनुस यो उपाय

प्रकाशित मिति

२०७८ मंसिर २१ गते, मंगलवार ०६:५२

मंसिर २१, २०७८, काठमाडौं :चिसो मौसममा अधिकांशलाई ओठ फुट्ने समस्याले सताउँछ। ओठ फुटेर घाऊ हुने, रगत आउने, खाना खानै समस्या हुने गर्छ। तर यि केहि उपाय अपनाउदा हुनेछ सहज :

National Life

लिपबाम दल्नु
समय–समयमा ओठमा लिपबाम दल्ने गर्नुस्। भिटामिन ई र मौरीको चाकायुक्त लिपबाम लगाउनु अझ राम्रो हुन्छ।

ओठ नचाट्नु
जाडोमा ओठ सुखा हुने भएकाले ओठ फुट्ने गर्छ। ओठको सुखापन हटाउन ओठमा जिब्रो घुमाउने धेरैको बानी हुन्छ। यस्तो गर्नु हुँदैन। यस्तो गर्नाले ओठ अझ बढी सुखा हुन्छ।

Classic Tech Mobile
Classic Tech Desktop

स्क्रब गर्नु
फुटेको ओठमा मृत छालाका पत्र हुन्छन्, जसले तपाईंलाई अस्वस्थ र अनाकर्षक देखाउन सक्छ। यसका लागि स्क्रब प्रयोग गरेर यस्ता मृत छाला हटाउनुपर्छ। चिनीमा चिल्लो तरल पदार्थ हाली स्क्रब बनाएर ओठमा रगड्ने ग¥यो भने मृत छाला हट्छ र ओठ सुन्दर बन्छ। यसका लागि दाँत माझ्ने ब्रसले बिस्तारै ओठ सफा गर्न पनि सकिन्छ। यसरी सफा गरेपछि लिपबाम प्रयोग गर्न बिर्सनु हुँदैन।

नकोट्याउनु
ओठमा जमेका मृत छाला औँला अथवा नङले कोट्याएर निकाल्ने गर्नु हुँदैन। नत्र घाउ लाग्न सक्छ।

बाममाथि लिपस्टिक लगाउनु
जाडो मौसमा लिपस्टिक लगाउनुअघि ओठमा लिपबाम लगाई सुक्न दिनुपर्छ र त्यसमाथि लिपस्टिक लगाउनुपर्छ। यसले ओठमा अतिरिक्त म्वइस्चराइजर उपलब्ध गराउँछ।

प्रतिकृया