• ४ साउन २०८३, सोमबार
  • ८:०७ बेलुका

बेलायत जादैँ हुनुन्छ भने गराउनुहोस अनिवार्य कोरोना परीक्षण

प्रकाशित मिति

२०७८ मंसिर २१ गते, मंगलवार ०६:४५

मंसिर २१, २०७८, काठमाडौं : बेलायतको यात्रा गर्ने यात्रुले अनिवार्य कोरोना परीक्षण गराउनुपर्ने भएको छ। सरकारले डिसेम्बर ७ देखि यात्रा गर्ने यात्रुको लागि उक्त नियम अनिवार्य गरेको हो।


यस्तै, बेलायत पुगेपछि पनि कोरोना परीक्षण गराउनुपर्ने छ। कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनलाई ध्यानमा राख्दै बेलायत सरकारले नयाँ नियम लागु गरेको हो।

Kamana Sewa

बेलायतमा यात्रुहरूले कोरोना परीक्षणको नतिजा नआएसम्म सेल्फ आइसोलेसनमा बस्नु पर्नेछ।परीक्षणको नतिजा नेगेटिभ आएपछि यात्रुहरूले सेल्फ आइसोलेसन अन्त्य गर्न सक्छन्। साथै, बेलायत पुग्दा यात्रुले प्यासेन्जर लोकेटर फारम पनि भर्नुपर्नेछ।

Classic Tech Desktop

यता, बेलायत सरकारले नाइजेरियालाई रातो सूचीमा राख्ने निर्णय गरेको छ। यसअघि बेलायतले दक्षिण अफ्रिका, नाइजेरिया, नामिबिया, जिम्बाब्वे, बोत्सवाना, लेसोथो, अंगोला, मोजाम्बिक, मलावी, जाम्बिया र इस्वाटिनी रातो सूचीमा राखेको थियो।

प्रतिकृया