• ४ साउन २०८३, सोमबार
  • ५:११ बिहान

तप-तप थोपा चुवाइ रहन्छन, रहदा सम्म सास

प्रकाशित मिति

२०७८ मंसिर १४ गते, मंगलवार ०९:०८

बिमला भुसाल (कविता) १४ मंसिर २०७८, काठमाडौं 

पानी बिना बल्दैन बत्ती।
बल्दैन घरको चुलो।।
पानीको महिमा बुझौ सबैले।
महत्व रैछ ठूलो।।

Kamana Sewa

के रैछ कुन्नी त्यो पानीमा।
अन्धकार नि उज्यालो हुने।।
हरेक प्राणी पानी बिना ।
गर्छन छटपटी रूने।।

Classic Tech Desktop

ॲाखा ति रसाउदा नि।
त्यहीॅ पानी तप-तप हुने।।
नबल्दा त्यो घरको चुलो।
पार्दिन्छ छटपटी रूने।।


बॉंच्दैनन् ति कलिला बोट नि।
पानीको अभाव हुदॉं।।
झर्छ किन त्यहीॅ पानी फेरी।
खुसी भइ मन रूदा।।


पानी बिना छिनमै सकिन्छ।
हरेक प्राणीको सास।।
तप-तप थोपा चुवाइ रहन्छ।
रहदा सम्म सास।।
तप-तप‘।।
रहदा सम्म‘।

प्रतिकृया