• २१:२३ २०८० चैत्र १६ गते
  • 9:23 pm

बलिउडका बढी कमाउने पाँच अभिनेत्री

प्रकाशित मिति

२०७८ मंसिर १४ गते, मंगलवार ०८:५३

cuter e1638241676677

मंगलवार, मंसिर १४, २०७८ : मुम्बई– बलिउड फिल्म उद्योगलाई पैसाको भण्डार मान्ने गरिन्छ ।

अभिनेता र अभिनेत्रीहरुले फिल्मबाट मात्र नभएर विज्ञापन र व्यापार जस्ता माध्यमबाट करोडौं रुपैयाँ कमाउँछन् ।

यसैबीच, बलिउडका पाँच धनाडुय अभिनेत्रीहरुको सूची सार्वजनिक भएको छ ।

सूचीमा पर्न सफल अभिनेत्रहिरुको बारेमा छोटो जानकारी :


ऐश्वर्या राय बच्चन

धनाड्य अभिनेत्रीमध्येकी एक ऐश्वर्या पनि हुन् । उनी धनाड्य अभिनेत्रीको सूचीको चौथौ स्थानमा छिन् । उनको कुल सम्पत्ति ३५ मिलियन डलर रहेको छ । उनलाई पछिल्लो पटक फिल्म ‘फन्ने खाँ’ मा देखिएको थियो । ऐश्वर्या लामो समयदेखि फिल्मबाट टाढा छिन् ।

प्रियंका चोपडा

अभिनेत्री प्रियंका चोपडा सबैभन्दा धेरै कमाउने अभिनेत्रीको सूचीको पाँचौं स्थानमा छिन् । उनले केवल बलिउडमा मात्र नभएर हलिउडमा पनि काम गरेकी छिन् । उनको पछिल्लो फिल्म द स्काई इज पिंकमा देखिएकी थिइन् । निक जोनससंग विवाह गरेपछि उनी प्रायस् लन्डनमा नै बस्छिन् ।

दीपिका पादुकोण

६५ मिलियन डलरको सम्पत्तिका साथ दीपिका पादुकोण बलिउडकै सबैभन्दा धनी अभिनेत्री बन्न सफल भएकी छिन् । आजको समयमा दीपिका फिल्मका लागि सबैभन्दा बढि पारीश्रमिक लिने अभिनेत्री मध्येकी एक हुन् । पादुकोणले एउटा फिल्ममा काम गरे बापत १६ करोड भारु सम्म पारिश्रमिक लिन्छिन् ।

करीना कपूर खान

करीना कपूर खानको कुल सम्पत्ति ६० मिलियन डलर रहेको छ । उनाई ठुलो पर्दामा पछिल्लो पटक फिल्म ‘अंग्रेजी मिडीयम’ मा देखिएको थियो, जसमा उनलाई दिवंगत अभिनेता इरफान खानका साथ देखिएको थियो । करीनाले दोस्रो छोरालाई जन्माएपछि केही समयलाई फिल्म क्षेत्रबाट टाढा रहेकी छिन् ।

कट्रीना कैफ

कट्रीना कैफ ५७ मिलियन डलरको सम्पत्तिका साथ उत्कृष्ट पाँचको सूचीमा तेस्रो स्थानमा रहेकी छिन् । उनले अभिनय गरेको नयाँ फिल्म ‘सूर्यवंशी’ केही अघि प्रदर्शन भएको थियो । कट्रीनाले विज्ञापनको माध्यमबाट हरेक वर्ष करोडौं रुपैयाँ कमाउँछिन् ।

प्रतिकृया