• १७:०४ २०८० चैत्र १५ गते
  • 5:04 pm

पोखरामा विदेशीसँग भाइटीका

प्रकाशित मिति

२०७८ कार्तिक २० गते, शनिबार ०८:२३

BHAITIKA with bideshi 1024x501 1

२० कार्तिक, २०७८ पोखरा : पश्चिमाञ्चल होटल संघ पोखरा ९हान०ले तिहारका अवसरमा आज शनिबार १४औं भाइटीका महोत्सव आयोजना गरेको छ । लेकसाइडस्थित मम्स गार्डेन रिसोर्टमा हुने महोत्सव दिउँसो साढे २ बजेदेखि सुरु हुने संस्थाका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।


महोत्सवले कोभिड महामारीका कारण प्रभावित बनेको पर्यटन क्षेत्रमा आशा जगाउने र आपसी भाइचारा बढाउने लक्ष्य राखेको सुवेदीले बताए । उनले भने, ‘कोभिड १९ का कारण पर्यटन क्षेत्र निकै मारमा पर्‍यो । महोत्सवले आपसी भाइचार अभिवृद्धि गर्दै पर्यटन प्रबर्धन गर्न सघाउने विश्वास छ ।’


१६ वर्षदेखि निरन्तर भइरहेको भाइटीका महोत्सव कोरोना महामारीका कारण गएका दुई वर्षमा हुन सकेको थिएन । तर, यसवर्ष महामारी केही कम भएका कारण फेरि महोत्सव गर्न लागेको संस्थाले जनाएको छ ।


महोत्सवमा विदेशी पर्यटकसँग भाइटीका लगाउने कार्यक्रम रहेको महोत्सव संयोजक दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार यसवर्षको महोत्सवमा २० भन्दा बढी विदेशी पर्यटकले नेपालीसँग भाइटीका ग्रहण गर्ने लक्ष्य राखिएको छ ।


तिहारको सांस्कृतिक पक्षलाई संरक्षण गर्दै यसैका माध्यबाट पर्यटक आकर्षित गर्ने अभिप्राय लिएको यसप्रकारको महोत्सव पोखराका लागि अर्को पर्यटकीय प्रडक्ट बन्दै गएको संघले जनाएको छ ।

प्रतिकृया