• २१ जेठ २०८३, बिहीबार
  • ३:२३ बेलुका

यू-२३ एसियन कप छनोट : नेपालले आज लेबनानसँग खेल्दै

प्रकाशित मिति

२०७८ कार्तिक १४ गते, आईतवार १२:०७

१४ कार्तिक, २०७८ काठमाडौँ : एएफसी यू-२३ एसियन कप छनोट अन्तर्गत समूह बी को अन्तिम खेलमा नेपालले आज लेबनानसँग प्रतिस्पर्धा गर्दैछ । ताजिकिस्तानमा भइरहेको छनोट अन्तर्गत नेपाल र लेबनानबीचको खेल डुसानबेस्थित रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार दिउँसो ४ : ४५ बजे सुरु हुनेछ ।


यसअघिका दुवै खेलमा पराजित नेपाल लेबनानविरुद्ध राम्रो नतिजासहित सुखद अन्त्य गर्न चाहन्छ । नेपाल यसअघि इरानसँग ४ – ० र जिकिस्तानसँग ६-० ले पराजित हुँदै छनोटबाटै बाहिरिसकेको छ । लेबनान पनि यसअघिका दुवै खेलमा पराजित भइसकेको छ । त्यसैले दुवै टोलीका लागि यो प्रतिष्ठाको लडाइसमेत हुनेछ ।

Kamana Sewa

नेपाल र लेबनान अंकविहीन छन् । ताजिकिस्तान र इरान समान ६ अंक जोडेर पहिलो र दोस्रो स्थानमा छ । यी दुई टोलीबीचको खेल पनि आजै हुँदैछ । जित्ने टिम अर्को वर्ष हुने यू-२३ एसिया कपमा छनोट हुनेछ । छनोटमा रहेका ११ समूहका विजेता र उत्कृष्ट चार उपविजेता यू-२३ एसिया कपमा छनोट हुनेछन् ।

Classic Tech Desktop

प्रतिकृया