• ६ असोज २०८३, मंगलबार
  • ११ः२९ बिहान

एमालेको २ दिने कार्यशाला सम्पन्न हुँदै, ओलीले उद्घाटन गरेपछि शंकर पोखरेलले समापन गर्ने

प्रकाशित मिति

२०८३ जेष्ठ २१ गते, बिहीबार १२:१८

२१ जेठ २०८३ काठमाडौं – नेकपा (एमाले) को ‘पार्टी सदस्यता नवीकरण र विस्तार उत्प्रेरणा राष्ट्रिय कार्यशाला’ आज दोस्रो दिन पनि जारी रहेको छ। अध्यक्ष केपी शर्मा ओलीले बुधबार उद्घाटन गरेको कार्यशालामा पहिलो दिन समूहगत छलफल सम्पन्न भइसकेको छ।

National Life

कार्यशालाअन्तर्गत बिहीबार बिहान ११ बजेपछि विभिन्न समूहका नेताहरूले आ–आफ्नो समूहको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिएका छन्।

समूहगत प्रस्तुति सकिएपछि महासचिव शंकर पोखरेलले प्रस्तुत निष्कर्षहरूमा टिप्पणी गर्दै पार्टीको तर्फबाट आवश्यक निर्देशनसहित सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यसपछि समसामयिक प्रस्तावहरू पारित गर्दै कार्यशाला समापन गर्ने तयारी गरिएको एमालेले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

पार्टीका अनुसार संगठन सुदृढीकरण र गतिशीलतालाई केन्द्रमा राखेर आयोजना गरिएको उक्त कार्यशालामा प्रदेश तथा जिल्ला इन्चार्जहरू, प्रदेश कमिटीका पदाधिकारी, कार्यालय सचिव, जिल्ला कमिटी अध्यक्ष, संगठन विभाग प्रमुख तथा जनसंगठनका केन्द्रीय पदाधिकारीहरू सहभागी छन्।

एमालेले यस कार्यक्रमलाई संगठन विस्तार र सुदृढीकरण अभियानको महत्त्वपूर्ण चरणका रूपमा लिएको छ।

प्रतिकृया