• २१ जेठ २०८३, बिहीबार
  • १२:५७ बेलुका

घट्यो सुनचाँदीको मूल्य,

प्रकाशित मिति

२०८३ जेष्ठ २१ गते, बिहीबार ११:२१

२१ जेठ २०८३ काठमाडौं – स्थानीय बजारमा बिहीबार (जेठ २१) सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर ३ लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ। बुधबार छापावाल सुन प्रतितोला ३ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

Kamana Sewa

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ८५ रुपैयाँले घटेको छ। बिहीबार चाँदी प्रतितोला ५ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी प्रतितोला ५ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो।

Classic Tech Desktop

बजारमा अन्तर्राष्ट्रिय मूल्यको उतारचढाव र माग–आपूर्तिको अवस्थाका कारण सुनचाँदीको मूल्यमा सामान्य फेरबदल हुने गरेको व्यवसायीहरूले बताएका छन्।

प्रतिकृया