• २ असोज २०८३, शुक्रबार
  • ७ः५८ बेलुका

काठमाडौं विश्वविद्यालयको शिक्षासंकायमा डीन प्राध्यापक डा. बालचन्द्र लुइटेल नियुक्त

प्रकाशित मिति

२०७८ आश्विन २६ गते, मंगलवार ०८:५६

२६ असोज, २०७८ काठमाडौँ : काठमाडौं विश्वविद्यालयको कार्यकारी परिषद्ले प्राध्यापक डा. बालचन्द्र लुइटेललाई २१ असोज २०७८ (October अक्टोबर २०२१) बाट ३ वर्षको अवधिका लागि लागू हुने गरी काठमाडौं विश्वविद्यालयको शिक्षासंकायमा डीन नियुक्त गरेको छ।

National Life

प्रा .डा लुइँटेल २०५५/०३/३१ गतेका दिन विश्वविद्यालयमा प्रवेश गर्नु भएको थियो उहाले सन् २००९ मा Curtin University Australia बाट पीएचडी गरी नेपाल फर्किनु भएको थियो अहिले प्रा. डा. लुइँटेलले २० जना पीएचडी विद्याथीहरुलाई सुपरीबेक्षण गरिसक्नु भएको छ MPhil / Master मा गरी ५० भन्दा बढी बिद्यार्थीहरुलाई सुपरीबेक्षण गरी सक्नु भएको छ।


प्रा. डा. लुइँटेलले अहिले सम्म ६० भन्दा बढी अनुसन्धानात्मक लेख प्रकाशन गरी सक्नु भएको छ र उहा गणित बिषयको प्राध्यापकको रुपमा परिचित हुनुन्छ। काठमाडौं विश्वविद्यालयको स्कूल अफ एजुकेशनमा उहाले सहायक डिनको रुपमा सन् २०१४ देखि २०१८ सम्म काम गर्नु आउनु भएको थियो र उहा २०१८ देखि विश्वविद्यालयको सिनेटमा शिक्षक प्रतिनिधि भएर पनि काम गर्दै आउनु भएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

यसै गरी उहा यस भन्दा पहिला उपकुलपतिमा र रजिस्ट्रार मा पनि चर्चामा आउनु भयको थियो अहिले विश्वविद्यालयको Community Engagement Division मा सल्लाहाकार का रुपमा पनि काम गरिसक्नु भयको छ । डा. लुइटेलले पिएचडी को अनुसन्धानमा Curtin University Australia बाट Chancellor’s Commendation प्राप्त गर्नु भएको हो भने नेपालमा गणित शिक्षाको अनुसन्धानमा खेलेको भुमिकाको लागि २०१२ को युवा बैज्ञानिक पुरस्कार प्राप्त गर्नु भएको हो।


नेपाल म्याथमाटिकल ट्रस्टले २०१८ मा वहाँलाई गणित शिक्षामा अनुसन्धान, बहस र पैरवी गरेवापत life time achivement award प्रदान गरेको हो। यसै गरी प्रा डा लुइटेलले बिभिन्न निति निर्माण तहका बिभिन्न समितिहरुमा अध्यक्ष र सदस्यका रुप मा योगदान गर्दै आउनु भयको छ। डा लुइटेलले बिगत ४ बर्ष अघि नेपालमा STEAM Education (Science, Technology, Engineering, Arts and Mathematics) भन्ने बिषयको सुरुवातको गर्नु भएको हो।


नेपालमा STEAM शिक्षाको अनुसन्धान र पैरवी गर्ने व्यक्तिहरु मध्ये लुइँटेल एक हुन् । वहाँको अनुसन्धानको मुख्य क्षेत्र रुपान्तरणमुखि शिक्षा हो। डा लुइटेलका अनुसन्धानहरु शिक्षालाई कसरी अर्थपूर्ण, समावेशी, वास्तविक र जीवनसँग जोडिएको बनाउने भन्नेमा केन्द्रित छन।

प्रतिकृया