विश्वशान्ति दिवसमा मानव धर्म समितिको रक्तदान, ४ सय ३ पिन्ट रगतसंकलन
प्रकाशित मिति
२०७८ आश्विन ६ गते, बुधबार ०५:५१
६ असोज, २०७८ काठमाडौँ : विश्वशान्ति दिवस तथा ‘मानव धर्मका प्रणेता श्री सतपाल जी महाराज’को जन्मोत्सव देशैभरी विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। नेपाल मानव धर्म सेवा समितिका सबैै शाखा आश्रमहरुमा मंगलबार आध्यात्मिक सत्संग, सांस्कृतिक लगायतका कार्यक्रम आयोजना गरिएको थियो। सोअवसरमा खुला रक्तदान कार्यक्रममा ४ सय ३ पिन्ट रगत संकलन भएको आयोजकले जनाएको छ।
समितिको केन्द्रीय कार्यालय काठमाडौैंमा १ सय ५, इटहरीमा ८५, बुटवलमा ८०, वीरगञ्ज ५०, सुर्खेत ५१ र पोखरा ३५ पिन्ट रगत संकलन भएको समितिले जनाएको छ।कार्यक्रममा बोल्दै समितिकी केन्द्र प्रमुख महात्मा चमेली बाइजीले समाज परिवर्तनको मुख्य बाटो भनेको अध्यात्म नै रहेको बताइन्।

अहिलेका युवाहरु विकृतिमा फसिरहेको उदाहरण दिँदै महात्मा चमेली बाइजीले उनीहरुलाई अध्यात्मको बाटोमा ल्याउनका लागि अभिभावकले नै पहल लिनुपर्ने सुनाइन्। सोही अवसरमा भर्चुअल ग्लोबल क्विज प्रतियोगितामा विजेताहरुलाई पुरस्कार वितरण गरिनुका साथै सांस्कृतिक तथा भक्ति संगीतका कार्यक्रम आयोजना भएको थियो। जन्मोत्सवकै अवसरमा भ्वाइस अफ नेपालका फाइनालिष्ट आर्यन तामाङलाई सम्मान समेत गरिएको थियो।





प्रतिकृया