यस्तो छ एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, मासिक भाडा ३ लाख २५ हजार
प्रकाशित मिति
२०७८ आश्विन १ गते, शुक्रबार १२:३२

१ असोज, २०७८ काठमाडौँ : नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय औपचारिक रुपमा सन्चालनमा आएको छ । पार्टी अध्यक्ष माधव कुमार नेपालले शुक्रबार बिहान मिनभवनमा पार्टी कार्यालयको उदघाटन गरेका छन् । मासिक तीन लाख २५ हजार रुपैयाँ तिर्ने गरी घर भाडामा लिएर पार्टी कार्यालय सन्चालन गरिएको नेकपा एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।
भुइँतलासहित चार तले सो घरको मालिक पूजा थापा बस्नेत हुन् । घरमा १५ वटा कोठाहरु छन् ।
प्रतिकृया