• 5:53 pm

आईक्यानद्वारा एसबिआई बैंक सम्मानित

प्रकाशित मिति

२०७८ भाद्र १६ गते, बुधबार १२:०२

१६ भाद्र, २०७८ काठमाडौँ : नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आईक्यान)ले नेपाल एसबिआई बैंकलाई पुरस्कृत गरेको छ । संस्थाले प्रदान गर्दै आएको बेस्ट प्रेजेन्टेड अन्युअल रिपोर्ट २०२० मा नेपाल एसबिआई बैंक दोस्रो भएको हो ।


संस्थाको अनुसार उक्त प्रतिष्ठित पुरस्कार बैंकिङ सेक्टरमा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरे वापत आईक्यानले बैंकलाई प्रदान गरेको हो ।
आईक्यानका अध्यक्ष सिए मदन कृष्ण शर्माले नेपाल एसबिआई बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलमलाई यो पुरस्कार प्रदान गरेका हुन् ।


हालसम्म बैंकले ८८ शाखा कार्यालय, १९ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, ६ शाखा रहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिकृया