• १२ असोज २०८३, सोमबार
  • २ः०१ दिउँसो

बार्सिलोनाको केन्द्रमा टाँगियो मेस्सीको तस्बिर

प्रकाशित मिति

२०७८ भाद्र १५ गते, मंगलवार ०२:०५

१५ भाद्र, २०७८ एजेन्सी : लियोनल मेस्सीले पेरिस सेन्ट जर्माइनबाट डेब्यु गरिसकेका छन् । उनले आइतबार रेइम्सविरुद्धको खेलमार्फत पिएसजीको ३० नम्बरको जर्सी लगाए । तर बार्सिलोनामा उनको इतिहास र लोकप्रियता सधै रहिरहनेछ । अझै पनि केही व्यवसाहिक कम्पनीहरुसँग मेस्सीको सम्झौता बाँकी नै छ ।

National Life

पछिल्लो समय हार्ड रक क्याफेले आफ्नो ५०औं वर्षगाँठ मनाउने क्रममा बार्सिलोना शहरको केन्द्रमा मेस्सीको तस्बिर अनावरण गरेको छ । यो चेन रेस्टुरेन्ट बार्सिलोनामा निकै प्रसिद्ध छ । यस रेस्टुरेन्टले सार्वजनिक गरेको तस्विरमा मेस्सी गोल्डेन बलस समातेर कुर्सीमा बसिरहेका छन् र तस्बिरको दाहिनेपट्टी गितार पनि छ ।


बार्सिलोनाबाट मेस्सीले २१ वर्ष खेलेका थिए । यसमध्ये १७ वर्ष उनले बार्सिलोनाको सिनियर टोलीबाट खेले । यसक्रममा ३५ वटा ट्रफी जिते । उनले चारपटक च्याम्पियन्स लिग र १० पटक ला–लिगा जितेका छन् । बार्साका लागि सर्वाधिक धेरै ट्रफी जित्ने, सर्वाधिक धेरै खेल खेल्ने, सर्वाधिक धेरै गोल गर्ने, सर्वाधिक धेरै एसिस्ट गर्ने कीर्तिमान उनको नाममा छ ।

Classic Tech Mobile
Classic Tech Desktop

मेस्सीको नाममा सर्वाधिक ६ पटक बेलोन डि’अर उपाधि जित्ने कीर्तिमान पनि छ ।

प्रतिकृया