• १२ असोज २०८३, सोमबार
  • २ः३६ दिउँसो

लियोनेल मेसीले प्रयोग गरेर फ्याँकेको टिस्यूको ११ करोड

प्रकाशित मिति

२०७८ भाद्र ३ गते, बिहीबार ०६:०६

३ भाद्र, २०७८ काठमाडौँ : लियोनेल मेस्सी बार्सिलोनाबाट बाहिर निस्कने घोषणा सबै फुटबल प्रशंसकका लागि एक भावनात्मक क्षण थियो । अर्जेन्टिनाका सुपरस्टार एफसी बार्सिलोनाबाट जानु त्यतिबेला थप भावुक भयो जब मेसी आफ्नो विदाई भाषणका बेला टुटे । आफ्नो बिदाईमा उनको आँखामा आँसु छल्किए ।

National Life

बार्सिलोनाका दर्शक र मिडिया सदस्यले उभिएर डेढ मिनेटभन्दा बढी समयसम्म प्रशंसा गरे किनभने उनी मञ्चको नजिकै उभिएका थिए । जब मेसीको तरिफ गरिँदै थियो तब उनले आफ्नो आँसु रोक्न सकिरहेका थिएनन् । त्यतिबेला उनकी श्रीमती एन्टोनेलाले उनलाई आँसु पुछ्नका लागि टिस्यू पेपर दिइन् ।


अब रिपोर्टका अनुसार मेसीको आँसुले भरिएका यी टिस्यू पेपर करिब १० लाख अमेरिकी डलर ९११ करोड रुपैयाँ० मा बिक्रिमा राखिएको छ । एक अज्ञात व्यक्तिले दाबी गरे अनुसार उनले प्रयोग गरेका टिस्यू जम्मा गरिएको छ र यी टिस्यूका लागि महँदो दरमा बिक्रीका लागि अनलाइन विज्ञापन दिइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

मेकेडुयो नामका एक व्यक्तिले मेसीले प्रयोग गरेको टिस्यू बेचिरहेका छन् । यी व्यक्तिको दाबी अनुसार यसमा मेसीको जेनेटिक पनि समावेश छ जसले मानिसहरुलाई फुटबल खिलाडीको क्लोन बनाउनका लागि अनुमति दिनेछन् । ३४ वर्षका यी खिलाडीले २१ वर्ष बार्सिलोनासँग बिताएपछि यसबाट बिदा भएका छन् । अब उनी आफ्नो नयाँ टिम पेरिस सेन्ट–जर्मेनका लागि खेल्नेछन् ।


लियोनेल मेसी ६७२ गोलसहित बार्सिलोनाका लागि सर्वाधिक गोल गर्ने खिलाडी हुन् । उनले बार्सिलोना क्लबसँग ७७८ खेल खेले, जुन एक रेकर्ड हो । उनी ५२० म्याचमा ४७४ गोलसहित स्पेनिश लीगमा पनि शीर्ष स्कोरर हुन् । बार्सिलोना छोडेपछि लियोनल मेसीले उनी अर्को एउटा च्याम्पियन्स लीग ट्रफी जित्नका लागि सही स्थानमा पुगेका छन् र उनले पेरिस सेन्ट जर्मेनसँगग जोड्ने एक महत्वपूर्ण कारण नेमारसँग मिलेर खेल्ने बताए । एजेन्सी

प्रतिकृया