• ४ साउन २०८३, सोमबार
  • ३:४८ बिहान

अष्टलक्ष्मी शाक्य बनिन् वाग्मती प्रदेशको मुख्यमन्त्री

प्रकाशित मिति

२०७८ भाद्र ३ गते, बिहीबार ०६:४७

३ भाद्र, २०७८ काठमाडौँ : एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकी हुन् । संविधानको धारा (६८९१) अनुसार प्रदेश प्रमुख विष्णु प्रसाईंले शाक्यलाई बहुमतको आधारमा मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनले बुधबार राति नै उनले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।


शाक्य बुधबार नै वाग्मती प्रदेश एमाले संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन भएकी थिइन् । नेकपा एमाले औपचारिकरुपमा विभाजन भएसँगै पौडेलले बुधबार संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । पौडेलकै प्रस्तावमा शाक्यलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरिएक थियो ।

Kamana Sewa

प्रतिकृया