• १७:१४ २०८० चैत्र १५ गते
  • 5:14 pm

त्रिविका बाँकी परीक्षा स्वास्थ्य मापदण्ड अपनाएर गर्न परीक्षा नियन्त्रकको आग्रह

प्रकाशित मिति

२०७८ श्रावण २३ गते, शनिबार ०५:५४

tribhuwanuniversitystory05 2082019050254 1000x0 1 e1651138484279

२३ साउन, २०७८ काठमाडौँ : त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले त्रिविका अहिले जारी रहेका स्नातक तथा स्नातकोत्तर तहका परीक्षा स्वास्थ्य मापदण्ड अपनाई सञ्चालन गर्न आग्रह गरेका छन्। परीक्षा नियन्त्रक जोशीले व्यवस्थापन संकायको प्रथम वर्षको परीक्षा शुक्रबार सकिएको र अब मानविकी तथा सामाजिक शास्त्र संकायको परीक्षामात्र बाँकी रहेकाले स्वास्थ्य मापदण्ड अपनाई परीक्षा सम्पन्न गर्न सम्बद्ध सबैलाई अनुरोध गरेको छ।


राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को साउन ३१ गतेदेखि निर्धारित परीक्षा शनिबार स्थगन गरेको छ भने त्रिविअन्तर्गतका परीक्षाहरु भने जारी रहेका छन्।


Pushparaj Joshi123

प्रतिकृया