टोकियो ओलम्पिक: अमेरिकी पौडीबाज केलब ड्रेसलले जिते चौथो स्वर्ण
प्रकाशित मिति
२०७८ श्रावण १७ गते, आईतवार ०८:४३
१७ साउन, २०७८ काठमाडौँ : अमेरिकी पौडीबाज केलब ड्रेसलले जापानको टोकियोमा जारी ओलम्पिक गेम्समा चौथो स्वर्णपदक जितेका छन्। उनले व्यक्तिगत स्पर्धामा तीन र समूह स्पर्धामा एक गरि चार स्वर्ण पदक जितेका हुन्। पछिल्लोपटक उनले नेपाली समय अनुसार आइतबार बिहान पुरुष तर्फको ५० मिटर फ्री स्टाइलमा कीर्तिमानसहित स्वर्ण पदक जितेका हुन्।
उनले २१.०७ सेकेण्डमा दूरी पूरा गरेर स्वर्ण जिते। उनले यो स्पर्धामा ब्राजिलका केसर सिएलोले सन् २००८ मा कायम गरेको कीर्तिमान भन्दा ०.२३ सेकेण्ड छिटो दूरी पूरा गरेका हुन्।
५० मिटर फ्री स्टाइलमा २१.५५ सेकेण्डमा दूरी पूरा गरेका फ्रान्सका फ्लोरेन्ट मानाउडोले रजत तथा २१.५७ सेकेण्डमा दूरी पूरा गरेका ब्राजिलका ब्रूनो फ्रातुसले काश्य पदक जिते।
यसअघि उनले पुरुष तर्फको १०० मिटर बटरफ्लाइमा विश्व कीर्तिमान भंग गर्दै स्वर्ण पदक जितेका थिए। २४ वर्षका ड्रेसलले सो स्पर्धामा ४९.४५ सेकेण्डमा दूरी पूरा गरेर स्वर्ण जितेका हुन्।
ड्रेसलले यसअघि १०० मिटर फ्री स्टाइलमा ४७.०२ सेकेण्डमा दूरी पूरा गरेर स्वर्ण जितेका थिए। यस्तै उनले चार गुणा सय मिटर रिलेमा पनि स्वर्ण जितेका थिए।







प्रतिकृया