• २१ जेठ २०८३, बिहीबार
  • ६:४४ बिहान

ज्योति विकास बैंकद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई १० लाख रुपैयाँ सहयोग

प्रकाशित मिति

२०७८ श्रावण १० गते, आईतवार ०६:२४

१० साउन, २०७८ काठमाडौँ : ज्योति विकास बैंकले श्रावण ९ गते शनिबारको दिन स्थापनाको १३ औं वार्षिकोत्सव मनाएको छ। हालको कोभिड महामारीको स्थितिलाई मध्यनजर गर्दै बैंकले सञ्चालक समितिका सदस्य, भूतपूर्व सञ्चालकहरु र कर्मचारीको उपस्थितिमा कमलपोखरीस्थित कार्यालय प्राङ्गणमा वार्षिकोत्सव मनाएको हो।


बैंकका सञ्चालक समितिका अध्यक्ष हरि प्रसादले समारोहको अध्यक्षता गरेका थिए । साथै कार्यक्रममा विशिष्ट अतिथिको रुपमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा। महावीर पुन, बैंकका संस्थापक अध्यक्ष तथा शेयरधनी ध्रुव उप्रेती र संस्थापक शेयरधनी तथा भूतपूर्व अध्यक्ष ध्रुव कुमार भट्टराईको उपस्थिति रहेको थियो।

Kamana Sewa

वार्षिकोत्सवको अवसरमा बैंकले रक्तदान कार्यक्रम समेत​ आयोजना गरेको छ । सोही समारोहमा ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत राष्ट्रिय आविष्कार केन्द्रलाई सो केन्द्रको “न्यानो नानी” परियोजना- २ को लागि सहयोग प्रदान गरेको छ​। नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने राष्ट्रिय आविष्कार केन्द्रको १२ वटा “न्यानो नानी” बेबी वार्मर बनाउन बैंकले सहयोग गर्ने भएको हो।

Classic Tech Desktop

बैंकको तर्फबाट सञ्चालक समितिका सदस्य तथा बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रमहरु सञ्चालन गर्न निर्मित हाम्रो विकास प्रवर्द्धन कोषका संयोजक सुरेन्द्र बहादुर नेपाली​ले राष्ट्रिय आविष्कार केन्द्रको “न्यानो नानी” परियोजनाको लागि रु १० लाख २० हजार प्रदान गरेका थिए ।


कार्यक्रममा अध्यक्ष हरि प्रसादले मन्तव्य प्रस्तुत गर्दै बैंकको १३ वर्षको यात्रालाई सफल र फराकिलो बनाउन योगदान दिने सम्पूर्णको स्मरण गर्दै अबको यात्रामा पनि सोहि अनुरुपको सहयोग प्रदान गर्न आह्वान गरे।


१३ औं वार्षिकोत्सवको अवसरमा बैंकले “ज्योति परिवर्तनकारी कर्जा” नामक कर्जा योजना पनि सार्वजनिक गरेको छ । उद्यमशील समाजको परिकल्पना गर्दै साना तथा मझौला व्यवसायलाई समेत समेट्न बैंकले उच्चतम धितो मुल्यांकन तथा न्युनतम कागजात सहितको ज्योति परिवर्तनकारी कर्जा नागरिकहरुको लागि ल्याएको हो।


वार्षिकोत्सवकै अवसरमा बैंकले शुन्य मौज्दातमा बचत, डिम्याट र मेरो शेयर एउटै खातामा ३ सुविधा भएको ज्योति खाता तथा ज्योति ऋबचम पनि सार्वजनिक गरेको छ। सोहि अवसरमा बैंकमा १० वर्ष निरन्तर कार्यरत रहि योगदान दिएका कर्मचारीहरुलाई पनि सम्मानित गरिएको छ​।


कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट​ले बैंकले आफ्नो मूल उद्देश्य, दूर दृष्टि, ध्येय​ र मुल्य मान्यताहरुको अधीनमा रहि बैंकलाई सुदृढ​, सशक्त र जीवन्त संस्थामा विकसित गर्दै समस्त नागरीकको जीवनमा समृद्धि ल्याउन निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिकृया