• ११ असोज २०८३, आइतबार
  • ११ः३३ बिहान

नेपाली खेलाडी दुबईमा सम्मानित

प्रकाशित मिति

२०७८ श्रावण १० गते, आईतवार ०३:५४

१० साउन, २०७८ काठमाडौँ : नेपालका मार्सल आर्टस् खेलाडी करन बहादुर चन्द दुबईमा सम्मानित भएका छन् । दुबईको प्रतिष्ठित द टाइगर्स मार्सल आर्टस् क्लबले शनिबार उनलाई सम्मान गरेको हो ।

National Life

आर्थिक अवस्था सुधार्न रोजगारीका लागि युएई पुगेका भिमदत्त नगरपालिका–२ उल्टाखामका २४ वर्षीय चन्दले त्यहाँ रोजगारीसँगै खेलकुदलाई पनि निरन्तरता दिइरहेका छन् । उनले दुबईमा हुने विभिन्न स्थानीय प्रतियोगितामा भाग लिएर मेडल जितिसकेका छन् । काम गरेर बाँकी रहेको समय खेलकुदलाई छुट्टाउने गरेको चन्दले बताए ।


यसअघि दुबई पुलिस एकेडेमी, अरब तेक्वान्दो फेडेरेशनलगायत प्रतिष्ठित संस्थाहरुले पनि चन्दलाई सम्मान गरेका थिए । ‘परिश्रम र मेहनत गरेपछि सफलताले पछ्याइ रहने रहेछ । यहाँ पनि खेलकुदलाई निरन्तरता दिन पाएकोमा म निकै खुसी छु,’ उनले भने ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया