प्रेन्साले गृहमन्त्रीलाई दिइन् अपराधबाट देश जोगाउने सुझाव
प्रकाशित मिति
२०७८ श्रावण ३ गते, आईतवार ०३:५१
३ साउन, २०७८ काठमाडौँ : बाल अभियन्ता प्रेन्सा रेग्मीले समाजमा बढेका हत्या, हिंसा र बलात्कार जस्ता जघन्य अपराधबाट देशलाई जोगाउन सुझाव दिएकी छिन्। आइतबार गृहमन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँडलाई भेटेर उनले जघन्य अपराधबाट मुक्ति दिदै महिला र बालबालिकालाई सुरक्षा दिन कडा कानून बनाउन सुझाव दिएकी हुन्।

समाजमा नकारात्मक प्रभाव धेरै बढिरहेको बताउँदै अभियन्ता रेग्मीले साना बालबालिकालाई यस्ता अपराधबाट कसरी जोगिने भन्ने कुरा सानैदेखि सिकाउन र कडा कानून बनाएर अपराधीलाई कारबाही गर्नुपर्ने बताए। अहिले त आफुहरु जस्ता बालबालिका र महिला दिदीबहिनीलाई बाटोमा निस्किन डर लाग्छ भन्दै यो डर भगाउने गरी सरकारले कडा कानून ल्याएर काम गनुपर्योमा रेग्मीले गृहमन्त्रीको ध्यानाकर्षण गराएकी छिन्। यस्तै गृहमन्त्री खाँडले सरकारले बालबालिका, महिला र युवाहरुको सोच,क्षमताबाट समाज बनाउन कसरी प्रेरित गर्ने भन्ने कुरा अबको आवश्यक्ता रहेको बताए।
सबै नागरिकले आफ्नो जीवन स्वतन्त्र भएर जिउन पाउनुपर्ने बताउँदै गृहमन्त्री खाँडले सम्पूर्ण नागरिकको जीवन रक्षा राष्ट्रको पहिलो दायित्व भएको बताएका छन्। राज्यको निर्माण नै नागरिकको जीवन रक्षाको लागि गृहमन्त्री खाँडले भने, राज्य प्रणालीमा भएका कमीकमजोरीलाई सुधार्दै सुरक्षास्थितीलाई बलियो र सुदृढ बनाउने प्रयासमा सरकार लागेको उनले दाबी समेत गरेका छन्।









प्रतिकृया