• १२ असोज २०८३, सोमबार
  • ५ः०४ बेलुका

वर्षा र राजको खुलेको प्रेम, निकट भविष्यमै विहेको योजना !

प्रकाशित मिति

२०७८ असार २४ गते, बिहीबार ०४:१९

काठमाडौँ : मायानगरीमा धेरैले लुकीछिपी प्रेम गरे पनि, मायालाई चाहिँ लुकाउन सकेका छैनन् । माया लुकाएर लुक्ने चीज पनि होइन । बरु, जति माया लुकाउन खोज्यो, उति फैलिँदै जान्छ । अभिनेत्री वर्षा शिवाकोटी र अभिनेता राज कट्वालको हकमा यो सिद्धान्त लागु हुन्छ । केही महीनायता यो जोडी डेटिङमा छ ।

National Life

विभिन्न गेट–टुगेदरदेखि समारोहमा राज र वर्षालाई सँगै देख्न पाइन्छ । यो जोडीले खुलेर पे्रम सम्बन्ध स्वीकारेको पनि छैन । तर, प्रेमलाई बताउन शब्द भन्दा व्यवहार नै पर्याप्त हुन्छ ।


बिहीबार वर्षाले आफ्नो इन्स्टाग्राम स्टोरीमा राजसँग एउटा रोमान्टिक तस्विर पोस्ट गरेकी छिन् जहाँ दुबैजनाले मुस्कान छरेका छन् । राज र वर्षाले निकट भविष्यमा विहेको योजना पनि बनाएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया