पहिरोले घर पुरिदा एकको मृत्यु एक बेपत्ता, ७ घाइते
प्रकाशित मिति
२०७८ असार २४ गते, बिहीबार ०१:२२
काठमाडौँ : बिहीबार विहान पाल्पामा पहिरोले घर बगाउँदा एक जनाको घटनास्थल मै मृत्यु भएको छ । घटनामा एक जना बालक बेपत्ता छन् भने ७ जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ ।
विहान ४ बजेको समयमा जिल्लाको तिनाउँ गाउँपालिका–५ गिट्टिखानी स्थित सिद्धार्थ राजमार्ग छेउमा रहेको घरहरुमा माथिबाट आएको पहिरोले पुरिँदा सोही स्थानका अन्दाजी ४५ बर्षीय वीरबहादुर गुरुङको मृत्यु भएको हो । एक जना चार बर्षीय बालक आरोप परियार भाग्ने क्रममा बेपत्ता भएका छन् ।
त्यस टोलका पाँचवटा घर पहिरोले पुरिँदा सोही स्थानका अन्दाजी ५० वर्षीया सुन्दरी गुरुङको अवस्था गम्भीर रहेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वाँतीले जानकारी दिए ।
उनका अनुसार त्यस टोलका २६ वर्षीय रमेश परियार, २४ वर्षीया पूजा परियार, ५० वर्षीय बलबहादुर पुन, १५ वर्षीय दीपेश पुन, २० वर्षीय आकाश तामाङ र २२ वर्षीय दिलबहादुर राना घाइते भएका छन् । घाइते सबैलाई लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभास पठाइएको छ ।







प्रतिकृया