• १२ असोज २०८३, सोमबार
  • २ः३६ दिउँसो

मनकामना स्मार्ट लघुवित्तको आईपीओ खुला

प्रकाशित मिति

२०७८ असार १७ गते, बिहीबार १०:२८

काठमाडौँ : मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (असार १७ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ। लघुवित्तले जारी पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशतले हुन आउने ३ करोड ८९ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो।

National Life

लघुवित्तले प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ८९ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो। न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने छ। निष्काशन बन्द छिटोमा असार २१ गते हुनेछ भने ढिलोमा असार ३१ गते हुनेछ। लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

प्रतिकृया